हिमाल आरोहणमा बढाएको रोयल्टी भदाैदेखि लागु हुने

सरकारले हिमाल आरोहणमा वृद्धि गरेको दस्तुर (रोयल्टी) भदाैदेखि लागु हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार हिमाल आरोहणमा बढेको दस्तुर लागु हुने मिति १६ भदौ २०८२ (१ सेप्टम्बर २०२५) देखि तोकिएको छ ।

सरकारले हालै स्वीकृत गरेको पर्वतारोहण सम्बन्धी (छैटौं संशोधन) नियमावली २०८१ ले आरोहण दस्तुर बढाएको हो ।

सरकारले हिमाल आरोहण गर्ने विदेशी पर्वतारोहण दलले आफ्ना दलमा संलग्न प्रत्येक सदस्यले तिर्नुपर्ने सलामी दस्तुर वृद्धि गरेको छ ।

सगरमाथामा वसन्त ऋतुमा आरोहण गर्न साविकमा ११ हजार अमेरिकी डलर (१५ लाख ३२ हजार ८ सय १८ रुपैयाँ) प्रतिव्यक्ति रहेकोमा बढाएर सरकारले १५ हजार डलर (२० लाख ९ हजार २ सय ६ रुपैयाँ) प्रतिव्यक्ति पुर्‍याएको छ ।

यसैगरी शरद ऋतुको मूल्य ७ हजार ५ सय डलर र शिशिर तथा वर्षा ऋतुको मूल्य ३ हजार ७ सय ५० डलर पुर्‍याइएको छ । यो मूल्य सगरमाथाको (दक्षिणपूर्वी धार) नर्मल रुटका लागि हो ।

सगरमाथाको अन्य रुटको मूल्य भने वसन्त ऋतुमा १० हजार डलर, शरद ऋतुमा ५ हजार र शिशिर तथा वर्षा ऋतुमा २ हजार ५ सय पुर्‍याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

हिमाल आरोहणमा बढाएको रोयल्टी भदाैदेखि लागु हुने