भक्तपुरमा खाद्य अनुगमन, बेकरीकाे उत्पादनमा राेक

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुर क्षेत्रका डेरी तथा बेकरी उद्योगका खाद्य पदार्थ अनुगमन गरेको छ ।

विभागले भक्तपुर नगरपालिका परिसरमा रहेका दुइटा डेरी तथा बेकरी उद्योगको अनुगमन गरी दूध तथा तेलको नमुना सकंलन तथा परीक्षण गरेको हाे ।

अनुगमन क्रममा श्री गणेश बेकरीले उद्योग दर्ता नगरी र खाद्य अनुमतिपत्र नलिई व्यवसाय सञ्चालन गरेको पाइएको थियो । उक्त उद्योगले मसीजन्य पत्रिका प्रयोग गरी प्रशोधन गर्दै गरेको करिब ६४ किलो केक नष्ट गरेर कारबाही गरिएको विभागले जनाएको छ ।

सम्बन्धित निकायमा उद्योग दर्ता गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमतिपत्र लिएरमात्र प्रशोधित खाद्य पदार्थ उत्पादन तथा बजारमा बिक्री वितरण गर्न निर्देशन दिँदै उक्त बेकरी उद्योगलाई विभागले तत्काल उत्पादन र बिक्री वितरणमा रोक लगाएको छ ।

यस्तै विभागले केही दिनअघि काठमाडौं बौद्धमा रहेको लभी प्रालिको भान्सा र भण्डारण कक्ष अनुगमन गरेको थियो । उक्त रेस्टुरेन्टले कृत्रिम रङ मिसावट गरेर चिकेन तन्दुरी तयार गरेको पाइएको छ । करिब दुई किलो चिकेन तन्दुरी अनुगमन टोलीले नष्ट गरेको छ ।

अनुगमन क्रममा कैफियत पाइएको होटललाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

भक्तपुरमा खाद्य अनुगमन, बेकरीकाे उत्पादनमा राेक