२ सय १६ मेगावाटको बझाङ माथिल्लो सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन
२ सय १६ मेगावाटको बझाङ माथिल्लो सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सुदूरपश्चिम प्रदेश बझाङमा निर्माण हुने २ सय १६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । बझाङ साइपाल गाउँपालिका वडा नम्बर ४ र ५ मा निर्माण हुने उक्त आयोजनाका लागि कुमारी बैंकको नेतृत्व तथा एनएमबी बैंकको सहनेतृत्वमा वित्तीय व्यवस्थापन भएको हो । माछापुच्छ्रे बैंक, हाइड्रो–इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंक र एनआईसी एसिया बैंकले सहवित्तीय व्यवस्थापन गर्नेछन् । यस्तै कृषि विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक र…