सात दिनभित्र नेपालमा दर्ता नभए फेसबुक बन्द गर्ने चेतावनी
सात दिनभित्र नेपालमा दर्ता नभए फेसबुक बन्द गर्ने चेतावनी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अब सात दिनभित्र दर्ता नभएमा नेपालमा फेसबुकमाथि प्रतिबन्ध लगाइने बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री गुरुङले फेसबुक, ट्वीटरजस्ता कम्पनीले नेपाललाई हेपेको बताए । उनले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक-पटक सूचना जारी गरे पनि नमानेको जानकारी गराउँदै ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिए । मन्त्री गुरुङले भने, ‘हामीले तीनपटक भन्यौं दर्ता हुन आऊ, कर तिर भनेर तर उनीहरूले टेरेनन् । फेसबुकले हाम्रो पैसा अवैध ढंगले लग्यो तर नेपालको कानुन मानेन । मेटालाई अब ७ दिनभन्दा बढी दिन्नौं । हामीले…