आईएमई लाइफ इन्स्योरेन्सद्वारा ३४.५० प्रतिशत लाभांश प्रस्ताव

आईएमई लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७९/८० को बोनस सेयर तथा नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ ।

कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ बराबरको बोनस सेयर र ९.५० प्रतिशतले हुन आउने ३८ करोड रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) प्रस्ताव गरको हो ।

कम्पनीको अहिले चुक्ता पूँजी ४ अर्ब रहेको छ । लाभांश पास भएपछि चुक्ता पूँजी ५ अर्ब पुग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

आईएमई लाइफद्वारा ३४.५० प्रतिशत लाभांश प्रस्ताव