यसपालि नयाँ हैन, सुकिला नाेट !

राष्ट्र बैंकले यसपटकको दशैंको लागि नयाँ नाेट वितरण नगर्ने भएकाे छ । पुरानै सुकिला नाेट भने असोज १३ गतेदेखि साट्न पाइने भएको छ ।

बैंकको मुद्रा व्यवस्थापन विभाग, बैकिङ विभाग र प्रादेशिक कार्यालयबाट नोट साट्न पाइने छ ।

असोज २२ गतेसम्म नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ । विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थ नगर, नेपालगन्ज र धनगढीको प्रादेशिक कार्यालयबाट नोट साट्न पाइनेछ ।

एक व्यक्तिले ५ देखि एक सय सम्मका साना दरका नोट एक एक प्याकेटका दरले १८ हजार ५ सय रुपैयाँ पाउने सहायक प्रवक्ता डा.डिल्लिराम पोखरेलले बताए । यद्यपि आफ्नो खाता रहेको बैंकबाट साट्नुपर्ने नोटमा भने सीमा छैन ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

यसपालि नयाँ हैन, सुकिला नाेट !