हकप्रद सेयर जारी गर्दै नेपाल इन्स्योरेन्स

नेपाल इन्स्योरेन्सले हकप्रद (राइट) सेयर जारी गर्ने भएको छ । पुँजी वृद्धिका लागि नियामक नेपाल बीमा प्राधिकरणले दबाब दिएसँगै कम्पनीले हकप्रद सेयर जारी गर्ने तयारी गरेको हो ।

बीमा प्राधिकरणले गत वर्ष एक निर्देशन जारी गर्दै २०८० चैत मसान्तसम्म जीवन बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्‍याउन र निर्जीवनी बीमा कम्पनीहरुलाई २ अर्ब ५० करोड रुपैयाँ पुर्‍याउन निर्देशन गरेको थियो । उक्त निर्देशन बमोजिम प्राधिकरणले बीमा कम्पनीहरुलाई चुक्ता पुँजी वृद्धि गर्ने समय केही बढाएको छ ।

यसै नीति बमोजिम नेपाल इन्स्योरेन्सको वैशाख १७ गते मंगलबार बसेको सञ्चालक समितिको १७ औं बैठकले हाल कायम कम्पनीको १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको ४० प्रतिशत बराबरको हकप्रद जारी गर्ने निर्णय गरेको हो । हाल कायम सेयरको १० कित्ता बराबर ४ कित्ता सेयर हुनेगरी १०:४ को अनुपातमा हकप्रद जारी गर्ने निर्णय सञ्चालक समितिले गरेको हो ।

बीमा प्राधिकरणबाट सैद्धान्तिक स्वीकृती भई आए बमोजिम उक्त हकप्रद सेयर जारी गर्न आगामी विशेष साधारण सभामा प्रस्ताव लैजाने निर्णय भएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

हकप्रद सेयर जारी गर्दै नेपाल इन्स्योरेन्स