फुटबल सिजनमा सामसङकाे विशेष अफर

विश्वव्यापी ब्रान्ड सामसङले फुटबल सिजनका लागि विशेष अफर ल्याएको छ ।

सामसङले नवीनतम टिभीहरूमा ३८% सम्म छुट प्रदान गर्दै छ । साथै यस अफरमा चयन गरिएका ठूला टिभी मोडलहरू खरिद गर्दा निःशुल्क साउन्डबार प्राप्त गर्न सक्ने योजना छ । अन्य टिभीसँगै खरिद गरिएका साउन्ड बारहरूमा ५०% सम्म क्यासब्याकको अफर पनि छ ।

ग्राहकले १८ महिना अवधिका लागि ०% ब्याज ईएमआईमा सामसङका नवीनतम टिभीहरू पनि खरिद गर्न सक्नेछन । आफ्नो पुरानो इलेक्ट्रोनिक्स उपकरण तथा टिभीहरूलाई arkostore.com मार्फत नयाँ सामसङ टिभीसँग साट्न एक्सचेन्ज सेवा पनि उपलब्ध गराइएको छ । निःशुल्क इन्सटलेसन् सेवा र खरिद गरिएको टिभीमा ३ वर्षको पूर्ण वारेन्टी जस्ता सुविधाले सामसङका ग्राहकलाई झन्झट रहित उत्कृष्ट टिभी किन्ने अवसर प्रदान गरेको छ ।

यो अफर आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रालि र नेपालभर सामसुङ टिभीहरूको लागि आधिकारिक पुन: विक्रेता त्रिवेणी व्यापारद्वारा देशभरका डिलर नेटवर्कमार्फत उपलब्ध गरिएको हो । यो योजना असार ३१ सम्म लागू रहने छ ।

सामसङले टिभी, स्मार्टफोन, पहिरनयोग्य डिभाइस, ट्याब्लेट, डिजिटल उपकरण, नेटवर्क प्रणाली र मेमोरी, सिस्टम एलएसआइ, फाउण्ड्री र एलइडी उत्पादन गर्दै आएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

फुटबल सिजनमा सामसङकाे विशेष अफर