एक वर्षमा १४ खर्ब ६० अर्ब व्यापार घाटा

सरकारले आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँ व्यापार घाटा व्यहाेरेकाे छ ।
आर्थिक वर्ष २०८०/८१ भर नेपालको व्यापार घाटा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख ८४ हजार रुपैयाँ पुगेको भन्सार विभागको तथ्याङ्कले देखाएको हो । जुन गत आर्थिक वर्षको तुलनामा ०.९६ प्रतिशतले घटी हो ।
आर्थिक वर्ष २०७९/८० मा नेपालको व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख ७४ हजार रुपैयाँ थियो । भन्सार विभागका अनुसार एक वर्षमा नेपालले कुल आयात १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख २८ हजार रुपैयाँको आयात गरेको छ ।
गत आर्थिक वर्ष २०७९/८० मा देशको कुल आयात १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार रुपैयाँ रहेको थियो ।
एक वर्षमा नेपालले १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजार रुपैयाँको सामान निर्यात गरेको छ । आर्थिक वर्ष २०७९/८० मा देशको निर्यात १ खर्ब ५७ अर्ब १४ करोड ६ लाख ९५ हजार रुपैयाँको भएकाे थियो ।