तीन जिल्लामा लुम्बिनी क्षेत्र पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने

लुम्बिनी प्रदेश सरकारले बुद्धको जीवनसँग सम्बन्धित रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्ला लक्षित बुद्धको जीवनदर्शन र ज्ञानलाई कार्यस्थलमा रुपान्तरण हुने गरी लुम्बिनी क्षेत्र पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने बजेटमा उल्लेख छ ।

प्रदेश सरकारले ‘लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन’ गर्ने भएको छ ।

आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै लुम्बिनीका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले शिखर सम्मेलन गर्ने बताएका हुन् । ‘विश्वलाई शान्तिको महशुस गराउन भगवान बुद्धले निर्वाणको समयमा भन्नुभएको जीवनकालमा लुम्बिनीमा कम्तिमा एकपटक पाइला टेक भन्ने भनाइसहित लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलनको आयोजना गरिने छ’ बजेट वक्तव्यमा भनिएको छ ।

लुम्बिनी सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि ३८ अर्ब ९५ करोडको बजेट ल्याएको छ । यसअघि संघीय सरकारका अर्थमन्त्री वर्षमान पुनले लुम्बिनीलाई बर्थिङ हब बनाउने कार्यक्रमसहितको बजेट ल्याएकाे छ । नेपाललाई पर्यटकीय विवाह गन्तव्य बनाउन लुम्बिनीमा बर्थिङ्ग र जनकपुरलाई वेडिङ हव बनाउने घोषणा गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

तीन जिल्लामा लुम्बिनी क्षेत्र पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने