काठमाडौं — गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिले कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस गरेको छ।

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको पदोन्नतिपछि रिक्त रहेको एआईजी पदमध्ये एकका लागि शुक्रबार बसेको बढुवा समितिको बैठकले कार्कीको नाम अघि सारेको हो। कार्की हाल कोसी प्रदेश प्रहरीमा जिम्मेवारी सम्हालिरहेका छन्।

बढुवा समितिको सिफारिसपछि छिट्टै मन्त्रिपरिषद्बाट औपचारिक निर्णय हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

डीआईजी ईश्वर कार्की एआईजीमा सिफारिस