यामाहाले ल्यायो बिगेस्ट १0शैं अफर

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरहरूको आधिकारिक बिक्रेता एमएडब्लू राइड़सले दशैं, तिहार र छठ जस्ता पर्वलाई मध्यनजर गरी नयाँ बिगेस्ट १०शै नामक योजना ल्याएको छ।

यस योजना अन्तर्गत अफर अवधिभर यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले दश लाख रुपैयाँसम्मको हात खाली नजाने स्योरशट क्यास ब्याक उपहार समेत प्राप्त गर्ने छन ।

महान चाड दशैंलाई नाम जस्तै भव्य र ठूलो बनाउने सोच अनुसार यामाहाले यो अफर ल्याएको हो ।

यामाहाका बाइक र स्कुटरहरू किन्दा अधिकतम दश लाखसम्म नगद फिर्ता हुने र कसैको पनि हात खाली नजाने भएकाले यामाहा ग्राहकहरूले यसपालीको दशैं अहिले सम्मकै ठूलो र भव्य महशुस गर्ने यामाहाको विश्वास रहेको छ।

यसका साथै यामाहाको स्टाइल, स्पोर्टिनेस र एक्साइटमेन्टले भरिपूर्ण एफ जेड भी थ्री बाइकहरूमा दश वर्षको वारेन्टी पनि जारी गरेको छ।

यामाहाले अन-दस्पट एक्सचेन्जको सुविधा पनि दिने भएको छ भने आफ्ना ग्राहकहरूका लागि शुन्य ब्याजदरमा ई.एम.आई. र इजी फाइनान्सको सुविधा पनि प्रदान गर्ने भएको छ। एफआई प्रविधि, रिसेलभ्यालु र पर्फर्मेन्समा उत्कृष्ट अनि दिगोपनामा सर्वोत्कृष्ट यामाहा बाइक र स्कुटरहरूसँगै यसपालिको दशैं साँच्चै नैबिगेस्ट दशैं हुने अपेक्षा गरिएको छ।नेपाली बजारमा उच्चगुणस्तरीय, भरपर्दो र स्टाइलिस दुई पाङ्ग्रे सवारी साधनहरू उपलब्ध गराउन समर्पित यामाहा नेपाल एमएडब्लु राइद्सको गौरवशाली सहायक कम्पनी हो भन्दा फरक नपर्ला ।

दशकौं अघि स्थापित यामाहाले मोटरसाइकल उद्योगमा विश्वव्यापी अग्रणीको रूपमा आफूलाई स्थापित गरेको छ। भने आफ्नो इन्जिनियरिङ उत्कृष्टता इनोभेसन र ग्राहक सन्तुष्टिप्रति अटल प्रतिबद्धताका लागियामाहा प्रसिद्ध छ।

नेपालमा एफवान मोटरसाइकल र स्कुटर ल्याउने पहिलो कम्पनी यामाहा नेपालको दोस्रो ठूलो अटोमोबाइल कम्पनी पनि हो । यसका नेपालभर सयवटा भन्दा बढी आधिकारिक डिलर आउटलेटहरू रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

यामाहाले ल्यायो बिगेस्ट १०शैं अफर