सेयर बजारमा दिनदिनै उथलपुथल किन ?

पछिल्ला केही दिनमा सेयर बजारमा तीव्र उथलपुथल देखिएको छ । नेप्से परिसूचक बुधबार ९०.७३ अंकले घट्याे । मंगलबार ६.९४ अंकले बढेको थियो । सोमबार भारी अंकले बढेको थियो । १२७.३२ अंकले बढ्दै सोमबार परिसूचक २८२३ बिन्दुमा उक्लिएको थियो भने आइतबार ५३.६३ अंकले घटेको थियो ।

कारोबार रकममा पनि पछिल्ला केही दिन गिरावट आएको छ । बुधबार १२ अर्ब ९२ करोडको कारोबार भयाे । मंगलबार १३ अर्ब ४० करोड र सोमबार १२ अर्ब ९१ करोड मूल्यको सेयर खरिदबिक्री भएको थियो ।

यसरी पछिल्ला केही दिन बजारमा देखिएको तीव्र उतारचढावलाई लगानीकर्ताहरूले भने सकारात्मक रूपमा लिएका छन् । नेपाल इन्भेस्टर फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियार नाफा कमाउने र बुक गर्नेहरूकै कारण बजार करेक्सन हुँदै माथि जान थालेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

सेयर बजारमा दिनदिनै उथलपुथल किन ?