बैंकमा थुप्रियाे ६ खर्ब ऋणयाेग्य रकम

यतिबेला बैकिङ प्रणालीमा ६ खर्बभन्दा बढी ऋणयाेग्य रकम थुप्रिएकाे छ ।
अहिले बैकिङ प्रणालीमा ६४ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । निक्षेपको ९० प्रतिशतसम्म बैंकहरुले कर्जा लगानी गर्न पाउँछन् । अहिले कर्जा लगानी ५१ खर्ब ९९ अर्ब रुपैयाँ रहेको छ ।
यस आधारमा ९० प्रतिशतसम्म कर्जा लगानी हुँदा ५८ खर्ब २२ अर्ब रुपैयाँ हुन्थ्यो तर अहिले औसतमा ७८.९८ प्रतिशतसम्म कर्जा लगानी भएको देखिन्छ । बजारमा चहलपहल बढ्ने र बढी व्यापार हुने चाडबाडकै सिजनमा आयातका नाममा बैंकिङ प्रणालीबाट ऋण प्रवाह बढ्ने अनुमान गरिए पनि त्यस्ताे हुन सकेकाे छैन ।
बैंकर्स संघका कार्यकारी सदस्य तथा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ चाडवाड लागे पनि बैकिङ प्रणालीको ऋण प्रवाह अपेक्षाकृत बढ्न नसकेको बताउँछन् । नेपाल बैकर्स संघका अनुसार भदौको २१ दिनमा २९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।