हिरोले ल्यायो ‘एक्कासि मालामाल’ दसैँ तिहार अफर

सिजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटरखरिदमा दसैँ तिहार अफर ल्याएको छ ।
कम्पनीले हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटर किन्दा एक्कासिमालामाल अफर सार्वजनिक गरेको छ । हिरोले आफ्ना जुनसुकै मोडलकोमोटरसाइकल तथा स्कुटर खरिदमा स्क्रयाच कार्डद्वारा नगद ५ लाखसम्मकोस्योर सट क्यास जित्ने मौका साथै बम्पर उपहारमा ‘नेटा भि इभी कार’ जित्ने अफर पनि ल्याएको छ ।
कम्पनीले ‘ दसैँ तिहार २०८१ को बहार, २ चक्के किन्दा ४ चक्के उपहार’ योजना ल्याएको छ । सोही अफरमा हिरोका जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ८ हजारदेखि ५ लाख रुपैयाँसम्मको स्योर सट नगद छुट पाइने छ ।
मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी हिरोयसले आर्जन गरेको विश्वास र उत्कृष्टताका लागि सबैमाझ परिचित छ ।सिजी मोटर्सले हिरो मोटोकर्पसँग मिलेर केहि समय अघि मात्रै नेपालमाआक्रामक व्यापार योजना घोषणा गरेको छ ।
साथै, नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा प्रतिवर्ष ७५ हजार युनिटमोटरसाइकल एसेम्बल गर्नसक्ने क्षमताको अत्याधुनिक प्लान्टको उद्घाटनसमेत गरिसकेको छ। हिरोका मोटरसाइकल तथा स्कुटरहरू अहिले नेपालीभूमिमै एसेम्बल भइरहेका छन् l
नेपालमा सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल ब्रान्ड मध्येको एक हिरोलेनयाँ बेन्चमार्कहरू समेत कायम गर्दै आएको छ । सिजी मोटर्सले हालनेपालका विभिन्न स्थानहरूमा ५० भन्दा बढी हिरो शोरुमको नेटवर्कसञ्चालन गरिरहेको छ । साथै, निकट भविष्यमा थप शोरुम खोल्नेप्रक्रियामा रहेको कम्पनीले जनाएको छ । बढ्दो ग्राहकहरूको सङ्ख्यालाईध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रुतरूपमा विस्तार गरिरहेको छ ।
त्यस्तै कम्पनीले मोटरसाइकल तथा स्कुटर खरिदमा ५ वर्षे वारेन्टीकोघोषणाले ग्राहकको थप विश्वास जित्नेछ । लोकप्रिय उत्पादन सुपर स्प्लेण्डर, स्पलेण्डर प्लस, एक्स पल्सका साथै नयाँजुम १ सय १० स्कुटर बिएस सिक्स एसआई सिजि मोटर्सले नेपालमाभित्र्याएको छ । साथै, सो उत्पादनमा यूनिक फिचर समेत रहेको कम्पनीले जनाएको छ l