शिवम् सिमेन्ट सर्वाधिक १३.३१ करोड बोरा ओपिसी सिमेन्ट बिक्री गर्न सफल

शिवम् सिमेन्टले नेपाली सिमेन्ट जगतमै इतिहास रच्दै सर्वाधिक १३.३१ करोड बोरा ओपिसी सिमेन्ट विक्री गर्न सफल भएको छ ।
अत्याधुनिक प्रविधि र दशकौँको अनुभवका साथ आफ्नै खानीको चुन ढुंगाबाट निर्मित उच्च गुणस्तरीय ओपिसी सिमेन्ट उत्पादन गर्ने शिवम् सिमेन्ट सर्वसाधारणको लागि सेयर जारी गर्ने नेपालको पहिलो सिमेन्ट कम्पनी हो । शिवम् सिमेन्टले ४३ र ५३ ग्रेडमा ओपिसि सिमेन्ट उत्पादन गर्दै आएको छ । शिवम् सिमेन्ट एनएस क्वालिटी अवार्ड २०१९ बाट सम्मानित नेपालकै पहिलो सिमेन्ट कम्पनी पनि हो ।
‘भरोसा अटुट सम्बन्धको’, ‘गुणस्तरीय मामलामा नाे कम्प्राेमाइज’, ‘गुणस्तरको पहिचान हो शिवम्’ तथा ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ’ जस्ता मुल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्सले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।
नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा आइएसआइ, युआरएस प्रमाणित सर्टिफिकेट प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।
सन् २००३ मा मध्य नेपालको हेटौडा, मकवानपुरमा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय उच्च गुणस्तरीय चुनढुङ्गाको प्रयोग गरी दैनिक ३००० टन ओ.पि.सि. सिमेन्ट उत्पादन गर्दै आएको छ। शिवम् सिमेन्ट ओ.पि.सि मात्र उत्पादन गर्ने नेपालकै अग्रेणी सिमेन्ट कम्पनी हो ।