गोकर्ण सहकारीमा बचतकर्ताको साढे २ करोड अपचलन, अध्यक्ष श्रेष्ठ पक्राउ

प्रहरी वृत्त बौद्धले गाेकर्ण सहकारीका अध्यक्ष ३७ वर्षीय रोशनबाबु श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठमाथि अनुसन्धान गर्दा ८९ बचतकर्ताको २ करोड ५६ लाख ५ हजार ८ सय ४६ रुपैयाँ ठगी गरेको खुलेको हो ।

गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा रहेको गोकर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा बचतकर्ताको साढे २ करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ । अहिले यति रकम अपछलन भएको देखीए पनि यो भन्दा माथि हुन सक्ने अनुमान छ ।

साढे २ करोडभन्दा माथि रकम ठगी गरेको खुलेपछि सोही अनुसार बिगो मागदाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । प्रहरी वृत्त बौद्धले बुझाएको अनुसन्धान प्रतिवेदन अनुसार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार अदालतमा ठगी मुद्दा दायर गरेको छ ।

सहायक जिल्ला न्यायाधिवक्ता प्रकाश ज्ञवालीले बिहीबार दायर गरेको मुद्दा आजदेखि तिहारको सार्वजनिक बिदा भएकाले तिहारपछि मात्रै सुनुवाइ हुने भएको छ । सहकारी अध्यक्ष श्रेष्ठ सहित सात जनाविरुद्ध मुद्दा दायर भएको छ । श्रेष्ठका साथै सहकारीका उपाध्यक्ष ४७ वर्षीया रेनुका श्रेष्ठ, सचिव ३५ वर्षीय महेश्वरी अधिकारी, कोषाध्यक्ष ४१ वर्षीय हिमाल काफ्ले, सदस्य ३३ वर्षीय जीतबहादुर थापा, सदस्य ३८ वर्षीय पूर्णकुमार श्रेष्ठ र अर्का सदस्य ४६ वर्षीय राजु नेपाली विरुद्ध मुद्दा दायर भएको हो ।

मुद्दा दायर भएकामध्ये अध्यक्ष श्रेष्ठ मात्रै पक्राउ परेको र बाँकी ६ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको छ । फरार भनीएका प्रतिबादीलाई पनि परिस्थिति अनुसार चाडैनै पक्रराऊ गर्ने तयारी रहेकोबूजीएको छ ।

सहकारीले आकर्षक ब्याज दिने भन्दै रकम जम्मा गर्न लगाएर ठगी गरेको खुल्न आएको छ । बचतकर्ताले जम्मा गरेको रकम फिता गर्न पटक–पटक ताकेता गर्दा पनि रोशन बाबू श्रेष्ठ भागी भागी हिँड्ने र कतैबाट पनि सुनुवाइ नभएपछि पीडित बचतकर्ता प्रहरीकोमा पुगेका थिए ।

पक्राउ परेका अध्यक्षले भने लकडाउनका कारण सहकारीमा समस्या आउँदा रकम फिर्ता गर्न नसकिएको बयान दिएका छन् । ‘लकडाउनका बेला आर्थिक गतिविधिमा समस्या देखिन थाल्यो । बचतकर्ताहरूले रकम फिर्ता लैजान थाले । ऋणीहरूले समेत नियमित किस्ता बुझाउन छाडे । त्यसपछि संस्था झनै समस्यामा पर्‍यो । जसका कारण रकम फिर्ता गर्न सकिएन अध्यक्ष श्रेष्ठले बयानमा भनेका छन् ।श्रेष्ठले यो बयानमा भने पनि रकम भने बिभिन्न ठाऊमा काठमाडौ देखि तराईका बिभिन्न जिल्ला मा जग्गामा लगानी गर्ने, काठमाण्डौका डाडामा होटल, गाईफार्म खोल्नेदेखि आफ्ना नजीकका पात्रलाई यो सहकारीले विनाधितो कर्जा प्रवाह गरेको समेत भेटिएको छ । रकम फिर्ता गर्नुको सट्टा यो सहकारीका पदाधिकारी सम्पर्कविहीन भई फरार भएपछि बचतकर्ताहरू आफू ठगिएको भन्दै कानुनी उपचारमा पुगेका थिए ।

उनीहरू विरुद्ध मुुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को उपदफा १ र २ को कसुर गरेको भन्दै मुद्दा दायर गरिएको छ । उनीहरूलाई दफा २४९ कै उपदफा (३) को (ग) बमोजिम सजाय समेत मागदाबी गरिएकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

गोकर्ण सहकारीमा बचतकर्ताको साढे २ करोड अपचलन, अध्यक्ष श्रेष्ठ पक्राउ