सानिमा बैंकले ७‍‍.४ प्रतिशत लाभांश दिने

सानिमा बैंक लिमिटेडले आ.व. २०८१/८२ को संचित मुनाफाबाट ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको सञ्चालक समितिले शुक्रबार बसेको बैठकमा उक्त प्रस्ताव पारित गरेको हो। हाल बैंकको चुक्ता पुँजी रु. १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४.३३ रहेको छ। ७.३६८५ प्रतिशत नगद लाभांशमा कर सहित करिब रु. १ अर्ब ७ लाख ५४ हजार ७००.१५ वितरण हुने बैंकले जनाएको छ।

लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र साधारण सभाबाट अनुमोदन भए पश्चात शेयरधनीहरूलाई वितरण गरिनेछ।

सानिमा बैंक हाल देशको सातै प्रदेशमा १३४ वटा शाखा कार्यालय र १२७ वटा एटीएम मार्फत सेवा दिँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

सानिमा बैंकले ७‍‍.४ प्रतिशत लाभांश दिने