दुई दर्जनभन्दा बढी हाेटलमा क्षति

जेनजी आन्दोलनका क्रममा देशभरिका दुई दर्जनभन्दा बढी होटलमा क्षति पुगेको छ ।

होटल एसोसिएसन नेपाल (हान) ले संकलन गरेको विवरणअनुसार काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुरलगायत क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्रान्डका होटलमा बढी आक्रमण भएको छ । होटल प्रतिष्ठानमा तोडफोड, आगजनी, लुटपाट भएको पाइएको छ ।

काठमाडौंस्थित होटल हिल्टनमा मात्रै ८ अर्बभन्दा बढीको क्षति भएको हानको अनुमान छ । देशभरि यस्तो क्षति २५ अर्ब पुग्ने अनुमान छ । काठमाडौंकै ह्यात होटलमा समेत आगजनी भएको छ ।

दाङस्थित होटल माला इनमा समेत प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए ।

करिब २ हजारभन्दा बढी कामदार कर्मचारीको चाडपर्वको समयमा रोजीरोटीमा समेत प्रत्यक्ष प्रभाव परेकाे हानको अनुमान छ ।

आर्थिक स्थायित्व तथा समृद्धि हासिल गर्दै परिवर्तनकारी नयाँ युगमा पर्यटन विकासमा सँगसँगै अघि बढ्न हानले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

दुई दर्जनभन्दा बढी हाेटलमा क्षति