काठमाडौं महानगरविरुद्ध कवाड व्यवसायीकाे प्रदर्शन

कवाड व्यवसायी संघर्ष समितिले साेमबार काठमाडौं महानगरविरुद्ध प्रदर्शन गरेकाे छ ।

कवाड व्यवसायीले भृकुटीमण्डपदेखि कमलादीस्थित काठमाडौं प्लाजासम्म प्रदर्शन गरेका हुन् ।महानगरपालिकाले कवाड संकलन र भण्डारणमा रोक लगाएको विरोधमा कवाड संकलक र व्यवसायीहरूले प्रदर्शन गरेका हुन् ।

महानगरले आफ्नो क्षेत्रभित्र कवाड संकलन र भण्डारणमा प्रतिबन्ध लगाएको भन्दै पछिल्लो समय उनीहरू आन्दोलित छन् । आफूहरूको रोजीरोटी खोसेको भन्दै कवाड संकलक र व्यवसायीहरू मेयर बालेन साहसँग रिसाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

काठमाडौं महानगरविरुद्ध कवाड व्यवसायीकाे प्रदर्शन