एनआईसी एशिया बैंकको सीईओमा शाक्य नियुक्त

एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुजित शाक्य नियुक्त भएका छन् ।
सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओमा शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनी सचिव दिपेन कार्कीका अनुसार एनआईसीको सीईओमा शाक्यलाई आगामी चार वर्षका लागि नियुक्त गरिएको हो । शाक्यले सीईओको कार्यभार आगामी ३० दिनभित्र सम्हाल्नेछन् ।
उनी यसअघि नबिल बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) थिए । शाक्य ललितपुर महानगरपालिका वडा नं. ३ पुल्चोक निवासी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
+1
+1
+1
+1
+1
+1