कामना सेवा विकास बैंकद्वारा लाभांश घोषणा

कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बैठकले १५.७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँको १५.७९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ५.७९ प्रतिशत नगद रहेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि बैंकको साधारण सभाबाट पारित गरेपश्चात् शेयरधनीहरुलाई पाउनेछन् । बैंकले अघिल्लो आवमा १२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

कामना सेवा विकास बैंकद्वारा लाभांश घोषणा