मलेसियाकाे नयाँ मापदण्डबारे मन्त्रालयले माग्याे आधिकारिक धारणा

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया सरकारबाट आएको १० बुँदे मापदण्डबारे म्यानपावर व्यवसायीको धारणा माग गरेको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई पत्र पठाउँदै मलेसियाले तोकेको मापदण्डबारे आधिकारिक धारणा माग गरेको हो ।

मलेसिया सरकारले नेपालसहित विभिन्न ५ देशका म्यानपावर व्यवसायीहरूका लागि १० बुँदे मापदण्ड तय गरेको थियो । सोही अनुसारको मापदण्ड पूरा गरेका कम्पनीको सूची बुझाउन भन्दै मलेसियाको परराष्ट्र मन्त्रालयले नेपाललाई पत्राचार गरेको थियो ।

उक्त पत्रमा मलेसियामा नेपाली कामदार पठाउने म्यानपावर कम्पनीहरूको जानकारी माग गरी त्यसका लागि निर्धारण गरिएका १० वटा अनिवार्य शर्तहरू राखेर १५ नोभेम्बर, २०२५ भित्र जवाफ मागेको थियो ।

सोही आधारमा संघका सदस्यहरूसँग समेत छलफल गरी आधिकारिक सुझाव यस मन्त्रालयलाई सात दिनमा उपलब्ध गराउन अनुरोध गरिएको थियो । मन्त्रालयले मलेसियाको विदेश मन्त्रालयबाट प्राप्त कागजात पनि संघलाई पठाएको छ ।

गत शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीले समेत मुख्य सचिवसहितसँग छलफल गरेकी थिइन् । छलफलका क्रममा मलेसिया सरकारले पठाएको मापदण्ड प्रारम्भिक चरणमा रहेको र थप छलफल गर्ने निष्कर्ष निकालिएको थियो ।

मलेसियाले पठाएको मापदण्ड कार्यान्वयन नहुने र यसबारे मलेसियासँग कूटनीतिक रूपमा छलफल गर्ने सरकारको निष्कर्ष थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

मलेसियाकाे नयाँ मापदण्डबारे मन्त्रालयले माग्याे आधिकारिक धारणा