काेटेश्वर भाटभटेनीमा पनि भेटियाे शव

कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा पनि डढेको अवस्थामा एउटा शव भेटिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बुधबार एक शव डढेको अवस्थामा भेटिएको बताए । शरीर पूरै जलेकाले पहिचान हुन सकेको छैन ।

यसअघि चुच्चेपाटीको भाटभटेनीबाट डढेको अवस्थामा ७ वटा शव भेटिएको थियो । अस्थिपञ्जरको रूपमा भेटिएका ती शव त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा राखिएको छ ।

त्यसअघि धरानकाे भाटभटेनीमा पनि चारवटा शव भेटिएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

काेटेश्वर भाटभटेनीमा पनि भेटियाे शव