एनआईसी एशिया बैंकका सीईओ शाक्यले पदभार सम्हाले

एनआईसी एशिया बैंक लिमिटेडका सीईओ सुजितकुमार शाक्यले पदभार सम्हालेका छन् । बैंकको ७३६औं सञ्चालक समिति बैठकले उनलाई सीईओ नियुक्त गरेको थियो ।

करिब तीन दशकदेखि नेपालको बैंकिङ्ग क्षेत्रमा काम गरेको शाक्यकको अनुभव छ । उनले भारतको नयाँ दिल्लीस्थित दिल्ली युनिभर्सिटीबाट ब्याचलर इनकमर्श र भारतकै इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एण्ड म्यानेजमेन्ट लखनउबाट व्यवस्थापनमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।

सन् १९९६ देखि तत्कालीन नेपाल श्रीलङ्का मर्चेन्ट बैंकबाट बैंकिङ्ग यात्रा सुरू गरेका उनले हिमालयन बैंक, तत्कालीन लक्ष्मी बैंक हुँदै सन् २००७ देखि तत्कालीन बैंक अफ एशिया माबिजनेस बैंकिङ्ग प्रमुखका रुपमा काम गरेका थिए ।

तत्कालीन बैंक अफ एशिया र एनआईसी बैंकको मर्जर प्रक्रियामा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । एनआईसीकको सीईओ बन्नुअघि शाक्य नबिल बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

एनआईसी एशिया बैंकका सीईओ शाक्यले पदभार सम्हाले