दुमो बचत सहकारीको अध्यक्षमा जीबन मंग्राती

काभ्रेको बनेपा नगरपालिका–४,मा रहेको दुमो बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा जीवन मंग्राती निर्वाचित भएका छन्।
संस्थाको १६ औं वार्षिक साधारण सभा र ५ औं अधिवेशनले मंग्रातीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
समितिमा उपाध्यक्षमा कृष्णमाया मिजार, सचिवमा कुमार रम्तेल, कोषाध्यक्षमा केशब बोगटी र सदस्यमा मिलन परियार, विकास रम्तेल र निरमाया खड्का रहेका छन्।
लेखा सुपरिवेक्षण समितिको संयोजकमा रामकृष्ण परियार र सदस्यमा शिवहरि मिजार तथा कृष्णबहादुर बोगटी चयन भएका छन्।
साधारण सभा क्षेत्रगत रूपमा १२ ठाउँमा इकाई भेला गरी सम्पन्न भएको थियो। सहकारीको हाल १ करोड ५६ लाख सात हजार ६ सय रुपैयाँ शेयर पुँजी रहेको छ भने निक्षेप ९ करोड ६४ लाख ३८ हजार ९ सय ५९ रुपैयाँ संकलन भएको र ८ करोड ९१ लाख ६५ हजार ३ सय ९ रुपैयाँ ऋण लगानी गरिएको छ। यसमा २ हजार ८ सय ४५ जना शेयर सदस्य छन्।
नवनिर्वाचित अध्यक्ष मंग्रातीले निकट भविष्यमा शेयर पुँजी २ करोड पुर्याउने, सहकारीको कारोबार प्रबिधिमैत्री बनाउने र सदस्यलाई छिटो र भरपर्दो सेवा उपलब्ध गराउने योजना रहेको बताए।
मंग्रातीका अनुसार,पाँचखाल र पनौती नगरपालिकामा कार्यक्षेत्र विस्तार गर्ने तयारी भइरहेको छ ।