शेयर कारोबारबाट दुई महिनामै गत वर्षभरिको भन्दा बढी राजश्व संकलन : अर्थमन्त्री

शेयर कारोबारबाट दुई महिनामै गत वर्षभरिको भन्दा बढी राजश्व संकलन : अर्थमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शेयर कारोबारबाट चालू आर्थिक वर्षको दुई महिनामै गत वर्षभरिको भन्दा बढी राजश्व संकलन भएको दाबी गरेका छन् । बुधवार नेप्से कार्यालय पुगेका पौडेलले गत आर्थिक वर्षभर शेयर कारोबारबाट ५ अर्बको हाराहारीमा राजश्व संकलन भएको तर यस वर्षको दुई महिनामै करिब पौने सात अर्ब बराबरको राजश्व संकलन गर्न सरकार सफल भएको दाबी गरेका हुन् । उनले चालू आर्थिक वर्ष ०८१/८२ मा शेयर बजारबाट साउनमा ४ अर्ब २३ करोड र भदौ महिनामा दुई अर्ब ५७ करोड राजश्व संकलन भएको बताए । उनले नेपालको पूँजी बजार…

सेयर बजारमा दिनदिनै उथलपुथल किन ?

सेयर बजारमा दिनदिनै उथलपुथल किन ? पछिल्ला केही दिनमा सेयर बजारमा तीव्र उथलपुथल देखिएको छ । नेप्से परिसूचक बुधबार ९०.७३ अंकले घट्याे । मंगलबार ६.९४ अंकले बढेको थियो । सोमबार भारी अंकले बढेको थियो । १२७.३२ अंकले बढ्दै सोमबार परिसूचक २८२३ बिन्दुमा उक्लिएको थियो भने आइतबार ५३.६३ अंकले घटेको थियो । कारोबार रकममा पनि पछिल्ला केही दिन गिरावट आएको छ । बुधबार १२ अर्ब ९२ करोडको कारोबार भयाे । मंगलबार १३ अर्ब ४० करोड र सोमबार १२ अर्ब ९१ करोड मूल्यको सेयर खरिदबिक्री भएको थियो । यसरी पछिल्ला केही दिन बजारमा देखिएको तीव्र उतारचढावलाई लगानीकर्ताहरूले भने सकारात्मक रूपमा लिएका छन्…

साताकाे दाेस्राे दिन सेयर बजारमा उछाल

साताकाे दाेस्राे दिन सेयर बजारमा उछाल केही दिनदेखि घटिरहेको शेयर बजारमा पुनः उछाल आएको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक १२७.३२ अंकले बढेर २८२३.२५ मा रोकिएको छ । साेमबार १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८०२ रुपैयाँको कारोबार भएको छ । आइतबार १० अर्बको कारोबार भएको थियो । ३ करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर खरिद बिक्री भएको छ । २३९ कम्पनीको मूल्य वृद्धि भएको छ भने ५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । नेसनल हाइड्रोपावर, बेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स र सुपरमाइ हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक…

५३.६३ अंकले घट्याे नेप्से

५३.६३ अंकले घट्याे नेप्से साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा करिब दुई प्रतिशतको गिरावट देखिएको छ । कारोबार रकम पनि घटेको छ । नेप्से परिसूचक ५३ दशमलव ६३ अङ्कले घटेर दुई हजार छ सय ९५ दशमलव ९३ को विन्दुमा कायम भएको हो । तीन सय ३७ कम्पनीको दुई करोड ६२ लाख ४६ हजार चार सय ३५ कित्ता शेयर एक लाख ३० हजार छ सय ३२ पटक खरिदबिक्री हुँदा १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार तीन सय ४९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । म्युचुअल फण्ड शून्य दशमलव ८० प्रतिशतले बढेको छ भने अरु सबै…

सेयर बजारसँगै बढ्याे सेयर धिताे कर्जा

सेयर बजारसँगै बढ्याे सेयर धिताे कर्जा सेयर बजार उकालो लागेसँगै सेयर धितो कर्जाको ग्राफ पनि बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तसम्म सेयर धितोकर्जामा ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यो अघिल्लो वर्षको तुलनामा १८.०६ प्रतिशतले बढी हो । २०८० असार मसान्तसम्म सबै बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा कूल ७६ अर्ब ३० करोड ८६ लाख रुपैयाँ प्रवाह भएको थियो । समीक्षा अवधिमा कूल प्रवाहित कर्जामध्ये सबैभन्दा बढी १ करोड रुपैयाँ भन्दा माथिको सेग्मेन्टमा ५५ अर्ब ९३ करोड २० लाख रुपैयाँ प्रवाह भएको छ भने ५० लाखदेखि १ करोड रुपैयाँसम्मको…

पुँजी बजारमा अप्रत्यासित घटबढप्रति सांसदहरुकाे चासाे

पुँजी बजारमा अप्रत्यासित घटबढप्रति सांसदहरुकाे चासाे संसदीय समिति अन्तर्गतको अर्थ समितिमा बिहीबार धितोपत्र बोर्डका अध्यक्ष महेश बराल र सांसदहरुबीच सवालजवाफ भएको छ । खासगरी नयाँ सरकार आएसँगै एकाएक पुँजी बजारमा आएको उतारचढावबारे सांसदहरूले बोर्डका अध्यक्षलाई प्रश्न राखेका थिए । ‘एकै दिन १४५ अङ्कसम्म नेप्से घट्छ, फेरि अर्को दिन लगत्तै १०८ अङ्कले बढ्छ, यसलाई कसरी लिने ?’ सांसदहरूको मुख्य सरोकार थियो । सरकार परिवर्तन हुँदैमा रातारात पुँजी बजार बढ्नुपर्ने कुनै कारण नभएको सांसद मेटमणि चौधरीले बताए । ‘बजार अस्वाभाविक रूपमा घटबढ भइरहेको छ, कताकतै चलखेल भइरहेको छ भन्ने पनि सुनिन्छ । खास के हो ? यसमा नियामकले हेर्नुपर्ने हो कि होइन…

कस्ताे आउला माैद्रिक नीति ?

कस्ताे आउला माैद्रिक नीति ? नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति ल्याउन तयारी पूरा गरेको छ । बजेटलाई चलायमान बनाउन मौद्रिक नीतिले भूमिका खेल्ने भएकाले निजी क्षेत्रले चासोका साथ हेरिरहेको छ । अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ‘ट्युनिङ’ मिलेकाले पनि बजेट कार्यान्वयनमा सहज हुने मौद्रिक नीति जारी हुने अपेक्षा गरिएको जानकारहरु बताउँछन् । अघिल्लो शुक्रबार नै आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्न लागे पनि सरकार परिवर्तनका कारण एक हप्ता ढिलो भएको हो । गत साता नै नेपाल राष्ट्र बैंक व्यवस्थापन समितिको बैठक बसेर मौद्रिक नीतिको छलफल गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक…

‘नयाँ सरकार बनेपछि नेप्से २७ महिनायताकै उच्च भएको छ’

'नयाँ सरकार बनेपछि नेप्से २७ महिनायताकै उच्च भएको छ' प्रधानमन्त्री केपी शर्मा ओलीले सेयर बजारले नै सरकारप्रति जनताको विश्वास र भरोसा देखाएको बताएका छन् । आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा सम्बोधन गर्दै उनले अर्थतन्त्रको ऐना मानिने सेयर बजार हरियो बनेको बताए । उनले सेयर बजार २७ महिना यताकै उच्च बिन्दुमा पुगेको जानकारी दिए । ‘५० लाखभन्दा बढी लगानीकर्ता संलग्न सेयर बजार दुई सातामा ४०० अंकभन्दा धेरैले बढेको छ । नेप्से २७ महिनायताकै उच्च भएको छ, हाम्रो सरकारप्रति जनताले देखाएको विश्वास हो यो,’ उनले भने । प्रधानमन्त्री ओलीले अब सेयर बजार मात्र नभएर देशको समग्र बजार चलायमान बन्ने बताए…

नेप्से २४०० नाघ्दा ५ अर्बकाे काराेबार

नेप्से २४०० नाघ्दा ५ अर्बकाे काराेबार काराेबार खुलेको एकाध घण्टामै आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले २४ सयको विन्दु नाघेको छ । नेप्से ४९ अंक बढेर २४१४ मा कायम भएको छ । सबै सेक्टरका सूचक बढेका छन् । दिउँसो सवा १२ बजे नै ५ अर्ब कारोबार रकम नाघेको छ । बैंकिङ तथा माइक्रोफाइनान्स समूहका सूचक ३–३ प्रतिशतभन्दा धेरै बढेका छन् । १९१ कम्पनीको मूल्य बढ्दा ४२ को घटेको छ भने १० को स्थिर छ । आँखुखोला जलविद्युतकाे मूल्य १० प्रतिशत बढेको छ । मेरो माइक्रोफाइनान्सको ९.२, उपकार लघुवित्तको ७.९, रुरु हाइड्रोको ७.४ प्रतिशत मूल्य बढेको छ । कांग्रेस-एमाले गठबन्धनको सरकार…

दुई वर्षपछि २३०० को विन्दुमाथि पुग्याे नेप्से

दुई वर्षपछि २३०० को विन्दुमाथि पुग्याे नेप्से नेपाल स्टक एक्सचेन्ज (नेप्से) २ वर्ष २ महिनापछि २३०० को विन्दुमाथि पुगेको छ । लगातार बढिरहेको नेप्से परिसूचक ७०.१८ अंकले बढेर २३१०.५९ विन्दुमा रोकिएको हो । यसअघि अन्तिम पटक २०७९ वैशाख २९ गते २३५०.४२ को विन्दुमा पुगेको थियो । मंगलबार बजारमा २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयरको खरिदबिक्री हुदाँ ९ अर्ब १२ करोड ८६ लाख २९ हजार रूपैयाँको कारोबार भएको छ । सोमबारमात्रै १७ अंकले घटेर करेक्सन भएको शेयरबजारमा ६ महिनायताकै उच्च कारोबार भएको थियो । आज सिन्धु विकास बैंक, बरुण हाइड्रोपावर कम्पनी, ग्रीन डेभलपमेनट बैंक, अंकुखोला जलविद्युत कम्पनी र…