बैंकमा थुप्रिएको पैसा तान्न २ खर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

बजारमा कर्जाको माग नभएर बैंकहरूमा पैसा थुप्रिएपछि केही समययता राष्ट्र बैंकमा लगेर जम्मा गर्ने क्रम बढेको छ। यसरी राष्ट्र बैंकमा जम्मा गरिएको रकम ८ खर्ब ७२ अर्ब रूपैयाँ पुगेको छ।

अहिले बैंकहरूमा निक्षेप रकम ७५ खर्ब ३५ अर्ब र कर्जा लगानी ५६ खर्ब ५८ अर्ब रूपैयाँ पुगेको छ। यस अनुसार बैंकहरूसँग कर्जा लगानी गर्न सक्ने रकम ११ खर्ब बराबर छ। यसमध्ये ८ खर्ब ७२ अर्ब रूपैयाँ राष्ट्र बैंकमा जम्मा गरिएको हो।

राष्ट्र बैंकले पछिल्लो समय बैंकिङ प्रणालीबाट यस्तो पुँजी उठाउन बन्ड (ऋणपत्र) नै जारी गर्ने तयारी गरेको छ।

राष्ट्र बैंक ऐनअन्तर्गत बनेको खुला बजार कारोबारसम्बन्धी कार्यविधिले बढीमा एक वर्षका लागि ऋणपत्र जारी गर्न सक्ने व्यवस्था गरेको छ। यसै अनुसार राष्ट्र बैंकले बैंकहरूमा रहेको अधिक रकम तान्न करिब दुई खर्ब बराबरको ऋणपत्र जारी गर्न लागेको हो।

यो ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउँछन्। यसको ब्याजदर बैंकहरूको बोलकबोल प्रक्रियाबाटै निर्धारण हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

बैंकमा थुप्रिएको पैसा तान्न २ खर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक