सिटिजन्स बैंकद्वारा बाल विकास समाजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

सिटिजन्स बैंकद्वारा बाल विकास समाजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १७ औं वार्षिकोत्सवका अवसरमा बालविकास समाजलाई आर्थिक सहयोग स्वरुप एक लाख पचास हजार रुपैयाँ प्रदान गरेको छ । समाजले करिब एक दशकदेखि अबोध, अनाथ बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार र शिक्षा प्रदान गर्दै आएको छ ।बैंकले एक समारोहबीच उक्त रकमको चेक संस्थाका कार्यक्रम अध्यक्ष सुवास गौतमलाई प्रदान गरेको हो । बालविकास समाजमा रहेका ८० जना बालबालिकामध्ये १५ जनाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने गौतमले जानकारी दिए ।हरेक वर्ष बैंकले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । आगामी…

एनआइसी एसियाले मनायो ‘ग्लोबल मनी विक’

एनआइसी एसियाले मनायो ‘ग्लोबल मनी विक’ एनआइसी एसिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ देशभरका हजारौं विद्यार्थीमाझ सप्ताहव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरेर ‘ग्लोबल मनी विक २०२४’ सम्पन्न गरेको छ ।नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा भएको ‘ग्लोबल मनी विक’ का अवसरमा एनआइसीका सातै प्रदेशका सयभन्दा बढी शाखाले विद्यार्थी तथा युवालाई वित्तीय साक्षरता अभिवृद्धि अभियानमा सहभागी गराउँदै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरेका छन् । यस अभियानबाट ६ हजारभन्दा धेरै जना लाभान्वित भएका छन् भने ३० भन्दा धेरै शाखाले विभिन्न विद्यालयका २५० भन्दा धेरै विद्यार्थीलाई आफ्नो शाखा भ्रमण गराउँदै बैंकिङ्ग प्रणालीका बारेमा जानकारी गराएका…

राम्राे व्यवस्थापनमा चलिरहेका ९ सहकारीमा गम्भीर समस्या : राष्ट्र बैंक

राम्राे व्यवस्थापनमा चलिरहेका ९ सहकारीमा गम्भीर समस्या : राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले राम्रो व्यवस्थापनमा चलिरहेका सहकारीमा पनि गम्भीर समस्या देखिएको जनाएको छ । राष्ट्र बैंक र सहकारी विभागको अनुगमनमा राम्रा भनिएका सहकारीमा समेत संस्थागत सुशासनमा समस्या देखिएको हाे । राष्ट्र बैंकका प्रतिनिधिसहितको संयुक्त टोलीले काठमाडौं, ललितपुर र काभ्रेपलाञ्चोकमा सञ्चालित नौ वटा सहकारीकाे अनुगमन गरेको थियो । सहकारी विभागका उपरजिस्ट्रार टोलराज उपाध्यायको नेतृत्वमा तीन फरक टोली बनाएर ती सहकारीकाे अनुगमन गरिएको हाे । सञ्चालक र व्यवस्थापकले पदीय दुरुपयोग गर्ने, संस्थाको धेरै कर्जा चलाउने, आफ्ना मान्छेलाई अस्वाभाविक तलब दिने र अन्य कर्मचारीको श्रम शोषण गर्नेजस्ता समस्या अनुगमन क्रममा देखिएको अनुगमनमा संलग्न…

एनआईसी एशिया बैंकले दियाे बीमाकाे १ करोड २० लाख

एनआईसी एशिया बैंकले दियाे बीमाकाे १ करोड २० लाख एनआईसी एशिया बैंकले बचत खातामा उपलब्ध बीमा वापत १ करोड २० लाख बीमा रकम भुक्तानी गरेकाे छ । बैंकले ल्याएको आकर्षक फाइदाहरूसहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत २०८० असार १८ देखि फागुन १४ सम्ममा घातक रोगको बीमा वापत सात जना र दुर्घटनामा परेका पाँच जना गरी कुल १२ जना खातावालालाई प्रतिव्यक्ति १० लाख रूपैयाँको दरले जम्मा १ करोड २० लाख रूपैयाँ बीमा रकम आईजीआई प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स बीमा कम्पनीबाट प्राप्त गरी भुक्तानी गरेको हाे । बैंकको काठमाडौंस्थित नागपोखरी शाखामा खाता खोलेकी रचना गौचन, दैलेखस्थित दैलेख शाखामा खाता खोलेका चक्र बहादुर…

सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता

सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर भन्ने नाराका साथ चैत ५ देखि ११ सम्म सञ्चालित ग्लोबल मनि विकका अवसरमा सातवटै प्रदेशमा रहेका आफ्ना २५ शाखा कार्यालयबाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।यसअन्तर्गत बैंकले कोशी प्रदेशको विराटनगर, बिर्तामोड, हल्दिबारी र महेन्द्र चोक, मधेश प्रदेशको विद्यापति चोक, वीरगन्ज, कृष्णप्रणामी र राजविराज, बाग्मती प्रदेशको थापाथली, थली, भरतपुर, हेटौंडा र सिनामंगल, गण्डकी प्रदेशको अमरापुरी र दमौली, लुम्बिनी प्रदेशको भुताहा र बढैयाताल, कर्णाली प्रदेशको सुर्खेत, जुम्ला, डोल्पा र सिमीकोट तथा सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर, धनगढी, बझाङ र अत्तरियामा साक्षरता कार्यक्रम गरी वित्तीय ज्ञान प्र्रदान…

मिलिम्यान समूहका पार्टनरको उपस्थितिमा जीवन बीमाबारे अन्तर्क्रिया

मिलिम्यान समूहका पार्टनरको उपस्थितिमा जीवन बीमाबारे अन्तर्क्रिया जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमाका समसामयिक विषयबारे छलफल गर्न विश्वकै ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा कम्पनीका एक्चुअरी फिलिप ज्याक्सनको उपस्थितिमा काठमाडौंको होटल एम्बेसडरमा विशेष अन्तक्र्रिया कार्यक्रम गरेको छ ।नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको प्रमुख आथित्यता सम्पन्न कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उच्च पदस्थ कर्मचारी, जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा नेपाल लाइफ इन्सुरेन्सका उच्चपदस्थ कर्मचारीको उपस्थिति थियो । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नेपालको बीमा क्षेत्रमा रहेका समसामयिक चुनौती र अवसरहरूको बारेमा चर्चा गर्ने अभिप्रायका…

सिटिजन्स बैंक र भारतको मेदान्त अस्पतालबीच छुटसम्बन्धी समझदारी

सिटिजन्स बैंक र भारतको मेदान्त अस्पतालबीच छुटसम्बन्धी समझदारी १७ वर्षदेखि उत्कृष्ट बैंकिङ्ग सेवा दिँदै आएको सिटिजन्स बैंक र भारतको गुँडगाँवस्थित मेदान्त– द मेडिसिटि अस्पतालबीच सिटिजन्स बैंकका कार्डवाहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिनेसम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ । हरियाणास्थित मेदान्त अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशाज पोखरेलले हस्ताक्षर गरेका हुन् ।यस किसिमको सहकार्यबाट बैंकका ग्राहकवर्गले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेका छन् । आगामी दिनमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थप सहज हुने विश्वास बैंकले लिएको छ । बैंकले यस्तो सुविधा…

स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई विशेष छुट

स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई विशेष छुट नबिल बैंक लिमिटेडका ग्राहकले स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन् । आफ्ना ग्राहकलाई विभिन्न क्षेत्रमा छुट तथा सुविधा विस्तारको लागि सक्रियता देखाउँदै आएको नेपालको अग्रणी वित्तीय संस्था नबिल बैंक लिमिटेडले स्काइवाकको टिकटमा छुट दिन वन्डर्स नेपाल प्रालिसँग दुई पक्षीय समझदारी गरेको छ ।यस सम्झौताअनुसार नबिल बैंकका ग्राहकले वन्डर्स नेपाल प्रालिको स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकले टिकट खरिद गर्दा नबिल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड अथवा एनबैंक एपबाट भुक्तानी गर्नुपर्ने हुन्छ ।आफ्ना ग्राहक वर्गलाई अतिरिक्त लाभ दिने उद्देश्यसहित…

‘वित्तीय साक्षरता अभियान दुर्गम क्षेत्रसम्म पुर्‍या‌उँछाैं’

'वित्तीय साक्षरता अभियान दुर्गम क्षेत्रसम्म पुर्‍या‌उँछाैं' नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरता अभियान देशका दुर्गम क्षेत्रसम्म पुर्‍याउने बताएका छन् । ग्लोबल मनी विकको अवसरमा राष्ट्र बैंकद्वारा साेमबार आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यो अभियानलाई राष्ट्र बैंकले अझ विस्तार गर्ने प्रतिबद्धता जनाए । अधिकारीले वित्तीय साक्षरतालाई देशको कुना-कुना लैजाने योजना रहेको पनि जानकारी दिए । उनले वित्तीय फ्रेमवर्कमा वित्तीय साक्षरतालाई विद्यालय तहको पाठ्यक्रममा पनि राख्नको लागि समन्वय भइरहेको जानकारी दिए । उनले कुनै पनि प्रोडक्ट बैंक तथा वित्तीय संस्थाहरुले ल्याउँदा वा नीति ल्याउँदा कार्यान्वयनमा जानको लागि वित्तीय चेतना हुन जरुरी रहेको औल्याए । उनले सञ्चारमाध्यमहरुलाई पनि वित्तीय साक्षरता अभियानमा…

बैंककाे ऋण तिर्दिन भन्नेलाई अब छुट दिइन्न : अर्थमन्त्री

बैंककाे ऋण तिर्दिन भन्नेलाई अब छुट दिइन्न : अर्थमन्त्री अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने अभियान सञ्चालन गर्नेलाई सरकारले छुट नदिने चेतावनी दिएका छन् । आफूलाई बधाई दिन आएको टोलीसँग बिहीबार अर्थ मन्त्रालयमा कुरा गर्दै पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाइका साथ नियन्त्रण गर्ने बताए । ‘बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भनेर अभियान चलाउने प्रवृत्तिलाई अब छुट दिन सकिँदैन’, उनले भने, ‘त्यो प्रवृत्तिलाई प्रोत्साहित गर्ने काम कसैले पनि गर्नु हुँदैन ।’ निजी क्षेत्रको मनोबल घटाउने प्रवृत्तिले अर्थतन्त्र र मुलुकको समग्र समृद्धिको…