नेपाललाई विश्व बैंककाे २० कराेड ऋण स्वीकृत

नेपाललाई विश्व बैंककाे २० कराेड ऋण स्वीकृत विश्व बैंकले नेपालका दुई वटा परियोजनाको लागि २० करोड डलर ऋण स्वीकृत गरेको छ । बैंकले वित्तीय सुधारका लागि १० करोड डलर र प्रादेशिक तथा ग्रामीण सडक सञ्जाल मर्मत तथा सुधारका लागि १० करोड डलर ऋण दिने भएकाे हाे । विश्व बैंकको तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि आवासीय निर्देशक फारिस हदाद जर्भोसले सेवा र पूर्वाधारको क्षेत्रमार्फत नयाँ परियोजनाहरूले नेपालका मानिसहरूको जीवनस्तर सुधारमा सहयोग पुर्‍याउने बताए । यस परियोजनाले जलवायु केन्द्रीत पूर्वाधार खर्च बढाउन, प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प प्रवर्द्धनका लागि नेपालको न्यूनतम एफडीआई थ्रेसहोल्ड कम गर्न र एफडीआईको प्रक्रिया सुव्यवस्थित र स्वचालित…

प्रहरी धरपकडले बैंकिङ क्षेत्र त्रसित

प्रहरी धरपकडले बैंकिङ क्षेत्र त्रसित वाणिज्य बैंकका कार्यकारी अधिकृत (सीइओ) हरुले सीआइबीले राष्ट्र बैंकसँग समन्वय नै नगरी बैंकरहरुलाई धरपकड गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । धितोको मूल्याङ्कनभन्दा करिब दोब्बर बढी कर्जा देउराली सहकारीका सञ्चालकहरुलाई प्रवाह गरेको आरोपमा तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृतद्वय तुल्सीराम गौतम र मनोज न्यौपानेसहित १० बैंकरलाई सीआइबीले मंगलबार बैंकिङ कसूरमा पक्राउ गरेपछि बैंक तथा वित्तीय संस्थाहरुमा आतङ्क छाएको छ । सीआइबीको हस्तक्षेप र धरपकडविरुद्ध विभिन्न बैंकका कर्मचारीहरुले आन्दाेलन गर्ने तयारी गरेपछि सीइओहरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसन (एनबीए) बुधबार थापाथलीस्थित कार्यालयमा आकस्मिक बैठक डाकेको थियो । जसमा २० वटै वाणिज्य बैंकका सीइओ र तिनका प्रतिनिधि…

१९ सयको बिन्दुमा ओर्लियाे नेप्से

१९ सयको बिन्दुमा ओर्लियाे नेप्से सेयर बजार परिसूचक नेप्से आइतबार १९ सयको बिन्दुमा ओर्लिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक २६.८१ अंकले घट्दै १९ सय ७९.०२ बिन्दुमा झर्न पुगेको हो । यस्तै, आइतबार ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्ससमेत ५.७४ अंकले घट्दै ३५३.८३ अंकमा झरेको छ । मौद्रिक नीतिको पहिलो समीक्षापछि २१ सयको बिन्दुमा पुगेको नेप्से सूचक सोही मौद्रिक नीतिको दोस्रो त्रयमासको समीक्षापछि पुनः ओरालो लाग्न थालेको हो । आइतबार कूल २४८ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । फाइनान्स र म्यानु एण्ड प्रो समूहका उपसूचक धनात्मक भएकोमा बाँकी ११ वटा उपसूचक…

साताको अन्तिम कारोबार दिन २० अंकले घट्याे नेप्से

साताको अन्तिम कारोबार दिन २० अंकले घट्याे नेप्से साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक २० अंकले घटेको छ । कारोबार समयदेखि नै घट्न थालेको नेप्से सूचक अन्तिम समयसम्ममा १.०२ प्रतिशतले घट्दै २००५ अंकमा आएर रोकिएको छ । यसक्रममा ४९ वटा कम्पनीको सेयर मूल्य बढेको छ । १९७ कम्पनीको सेयर मूल्य घट्दा २ कम्पनीको मूल्य भने स्थिर छ । बिहीबार ३ अर्ब २० करोड ६१ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ भने ९५ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ । समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढ्दा जोशी हाइड्रोपावर र सामलिङ पावर कम्पनीको सेयर मूल्य…

शाखा कार्यालयहरु बन्द गर्ने कुनै योजना छैन : एनआइसी एसिया बैंक

शाखा कार्यालयहरु बन्द गर्ने कुनै योजना छैन : एनआइसी एसिया बैंक एनआइसी एसिया बैंकले आफ्ना आफ्ना ५० शाखा कार्यालयहरू बन्द गर्न लागेको र त्यसको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष निवेदन दिएको भनी सार्वजनिक भएका समाचारमा कुनै सत्यता नरहेकाले भ्रमित नहुन आग्रह गरेको छ ।बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले एक विज्ञप्ति जारी गर्दै आफ्ना कुनै पनि शाखा कार्यालय बन्द गर्ने रणनीति तथा योजना नरहेको स्पष्ट पारेका छन् ।वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै शाखा सञ्जाल भएको यस बैंकले हाल मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११५ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित बैंकिङ्ग सञ्जालद्वारा ४१ लाखभन्दा बढी ग्राहकलाई सहज एवं…

२५ लाख रुपैयाँसम्मको स्टार्टअप कर्जा राष्ट्रिय वाणिज्य बैंकबाट

२५ लाख रुपैयाँसम्मको स्टार्टअप कर्जा राष्ट्रिय वाणिज्य बैंकबाट वितरण गरिने नेपाल सरकारले स्टार्टअप व्यवसायलाई दिने २५ लाख रुपैयाँसम्मको ऋण राष्ट्रिय वाणिज्य बैंकमार्फत वितरण हुने भएको छ । स्टार्टअप उद्यम कर्जा प्रवाह तथा कर्जा सुरक्षण सम्बन्धमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच बुधबार सम्झौता भएको छ । यो सम्झाैतासँगै औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सिफारिसमा स्टार्टअप कर्जा राष्ट्रिय वाणिज्य बैंकले दिने भएको हो । राष्ट्रिय वाणिज्य बैंकले परियोजनाको प्रकृतिको आधारमा अधिकतम २५ लाख रुपैयाँ सम्म स्टार्टअप उद्यम कर्जा प्रदान गर्नेछ । बैंकले कर्जा प्रवाह गर्दा स्वीकृत व्यवसाय वा परियोजना नै धितोको रूपमा राख्नेछ ।…

बैंक तथा वित्तीय संस्थाहरूबाट लिएकाे ऋण तिर्नैपर्छ : अर्थमन्त्री

बैंक तथा वित्तीय संस्थाहरूबाट लिएकाे ऋण तिर्नैपर्छ : अर्थमन्त्री अर्थमन्त्री डा. प्रकाश शरण महतले बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण तिर्नुको विकल्प नरहेको बताएका छन् । उनले अहिले बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिनेहरूका लागि केही सहज भएको र यो राहतलाई हेरेर ऋणीहरूले ऋण तिर्नुपर्ने बताए । इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान) ले बुधबार काठमाडौंमा गरेको अन्तरक्रियामा बोल्दै उनले केही मानिसहरूले राजनैतिक निहित उद्देश्य लिएर ऋण तिर्नुपर्दैन भन्दै आन्दोलन गरिरहेको भन्दै यस्तो प्रवृत्तिको पछि लाग्नु आफ्नै खुट्टामा बन्चरो हान्नु बराबर भएको टिप्पणी गरे । उनले अहिले सहकारीको रूप नै नरहेको र अनुगमन नभएकाे मौका उठाएर केही सञ्चालकहरूले दुरुपयोग गरेको बताए…

दुई प्रतिशतले घट्याे मूल्य वृद्धि

दुई प्रतिशतले घट्याे मूल्य वृद्धि अघिल्लो आर्थिक वर्षको ६ महिनाको तुलनामा यस आर्थिक वर्षको पहिलो ६ महिनामा २ प्रतिशतले मूल्य वृद्धि घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८० पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२६ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२६ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८५ प्रतिशत छ । २०८० पुस महिनामा घ्यूतथा तेल, तरकारी, मासु तथा माछा र यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क घटेको छ । मरमसला र चिनी तथा चिनीजन्य वस्तु उप–समूहको सूचकाङ्कमा समेत…

क्यान इन्फोटेक २०२४ माघ २३ देखि

क्यान इन्फोटेक २०२४ माघ २३ देखि क्यान इन्फोटेक २०२४ माघ २५ देखि काठमाडौंमा सञ्चालन हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले बिहीबार बिहीवार पत्रकार सम्मेलन गरी मेलाकाे तयारी अन्तिम चरणमा पुगेको जनाएकाे छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँनयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले क्यान महासंघको आयोजनामा मेला गर्न लागिएको बताइएको छ । पत्रकार सम्मेलनमा महासंघका महासचिव चिरञ्जीवि अधिकारीले माघ २५ बाट भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २९ औं संस्करणको क्यान इन्फोटेक मेला हुन लागेको बताए । उनले यस पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर ईसेवामार्फत…

छाला उद्योगको जग्गा व्यक्तिको नाममा ल्याएको आराेपमा अरुण चाैधरी पक्राउ

छाला उद्योगको जग्गा व्यक्तिको नाममा ल्याएको आराेपमा अरुण चाैधरी पक्राउ उद्याेगी व्यवसायीकाे आपत्ति, धरपकड नगर्न चेतावनी बाँसबारी छाला उद्योगको जग्गा व्यक्तिको नाममा ल्याएको प्रकरणमा सीआइबीले व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेको छ । छाला उद्योगको १० रोपनी जग्गा हडपेर चाँदबाग विद्यालयको नाममा ल्याएको आरोपमा उनलाई पक्राउ गरिएको सीआइबी स्रोतले जनायो । चौधरीसँगै छाला उद्योगका पदाधिकारी अजितनारायण सिंह थापा पनि पक्राउ परेका छन् । २०४२ देखि विभिन्न मितिमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा छालाजुत्ता कारखानाको पन्चायतकालको सन्चालक समिति निर्णयको आडमा चौधरी र थापालगायतले हडपेको पाइएकाले पक्राउ गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । उद्योगी व्यवसायीहरुले उद्यमी चौधरीलाई दोषी जसरी पक्राउ गरिँदा आफूहरु…