सानिमा बैंकले ७‍‍.४ प्रतिशत लाभांश दिने

सानिमा बैंकले ७‍‍.४ प्रतिशत लाभांश दिने सानिमा बैंक लिमिटेडले आ.व. २०८१/८२ को संचित मुनाफाबाट ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिले शुक्रबार बसेको बैठकमा उक्त प्रस्ताव पारित गरेको हो। हाल बैंकको चुक्ता पुँजी रु. १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४.३३ रहेको छ। ७.३६८५ प्रतिशत नगद लाभांशमा कर सहित करिब रु. १ अर्ब ७ लाख ५४ हजार ७००.१५ वितरण हुने बैंकले जनाएको छ। लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र साधारण सभाबाट अनुमोदन भए पश्चात शेयरधनीहरूलाई वितरण गरिनेछ। सानिमा बैंक हाल देशको सातै प्रदेशमा १३४ वटा शाखा कार्यालय र १२७ वटा…

४.४४ प्रतिशतले बढ्याे सेयर बजार

४.४४ प्रतिशतले बढ्याे सेयर बजार सेयर बजार आइतबार ४.४४ प्रतिशत बढेको छ । १११ अंक बढेसँगै नेप्से परिसूचक २६२३ अंकमा कायम भएको छ । अघिल्लो दिन २५११ अंकमा झरेको थियो । आजको अंक अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणनापछिको हो । भारित औसत मूल्य गणनाअघि नेप्से ११६ अंक बढेको थियो । मंगलबारदेखि अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना विधि हटाइने भएको छ । सुरुवाती कारोबारका क्रममा बजार उथलपुथल भए पनि साढे ११ बजेपछि उकालो लागेको नेप्से अन्तिम समयसम्म कायम रह्यो । ९ अर्ब १७ करोडको कारोबार भएको छ । २२४ कम्पनीको मूल्य बढ्दा २८ को घट्यो । व्यापार…

गभर्नरले गरे व्यवसायीसँग छलफल

गभर्नरले गरे व्यवसायीसँग छलफल नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बैंकर, निजी क्षेत्रका व्यवसायी र उद्योगीहरूसँग छलफल गरेका छन् । गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थासम्बद्ध एसोसिएसनका प्रतिनिधि र उद्योगी व्यवसायीका प्रतिनिधिहरूसँग पछिल्लो घटनाक्रमका कारण परेको असरबारे छुट्टाछुट्टै छलफल गरेका हुन् । जेन जी आन्दोलनका कारण ठूलो क्षति व्यहोरेका उद्योगी तथा व्यवसायीहरूका लागि विशेष प्याकेज ल्याउन गभर्नरसँग माग राखेका छन् । गभर्नर पौडेलले बैंकरहरुसंग पनि छुट्टै छलफल गरेका छन् । पौडेर र बैंकहरुबीच आन्दोलनबाट क्षति व्यहोरेका व्यवसायीहरूका लागि कस्ता प्याकेज ल्याएर सहुलियत दिन सकिन्छ भन्नेबारे छलफल भएको थियो ।

बंगलादेशी कम्पनीले नेपालका ठूला १० वाणिज्य बैंकको पूर्ण लेखा परीक्षण गर्ने

बंगलादेशी कम्पनीले नेपालका ठूला १० वाणिज्य बैंकको पूर्ण लेखा परीक्षण गर्ने बंगलादेशको लेखा परीक्षण फर्म हाउलादार युनुस एन्ड कम्पनीले नेपालका ठूला १० वाणिज्य बैंकको पूर्ण लेखा परीक्षण आगामी भदौदेखि सुरु गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको छनोटमा परेको हाउलादरले यसै साता नेपाल राष्ट्र बैंकसँग सम्झौता गरी काम सुरु गर्ने भएको हो । सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट विस्तारित कर्जा लिने क्रममा राखेका सर्तअनुसार १० वाणिज्य बैंकको पूर्ण लेखा परीक्षण गर्ने भनेको थियो । सोही अनुसार केन्द्रीय बैंकले सुरु गरेको दोस्रो प्रक्रिया टुंगोमा पुर्‍याउँदै करिब साढे ४ करोड लागतमा आगामी महिनादेखि लेखा परीक्षण नै सुरु हुने भएको हो ।…

सेवा आयातमा विदेशी मुद्रा सटही सुविधा वृद्धि

सेवा आयातमा विदेशी मुद्रा सटही सुविधा वृद्धि नेपाल राष्ट्र बैंकले भारतबाहेक देशबाट सेवा आयात गर्दा प्रतिपटक विदेशी मुद्रा सटही सुविधा वृद्धि गरेको छ । केन्द्रीय बैंकले यसभन्दा अघि ५ हजार अमेरिकी डलर रहेको परिवर्त्य विदेशी मुद्रा सटही सुविधा ८ हजार डलर बराबर बनाएको हो । केन्द्रीय बैंकले विदेशी विनिमयसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै भारतबाहेक देशबाट सेवा आयात गर्न ८ हजार डलर बराबर विदेशी मुद्रा सटही सुविधा पाउने व्यवस्था गरेको हो । त्यसैगरी केन्द्रीय बैंकले नेपालमा दर्ता भएका फर्म, कम्पनी वा संस्थाले प्रतिपटक ८ हजार डलरभन्दा बढीको विदेशी विनिमयमा दायित्व सिर्जना हुने गरी विदेशस्थित कुनै सेवा प्रदायकसँग सम्झौता गर्नुपरे वा सेवाबापत…

घरजग्गा काराेबारमा मौद्रिक नीति लचिलो

घरजग्गा काराेबारमा मौद्रिक नीति लचिलो नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत घरजग्गामा केही लचिलो व्यवस्था गरिदिएको छ । बैंक तथा वित्तीय संस्थाबाट व्यक्तिलाई घर किन्न दिइने आवासीय कर्जा सीमा २ करोडबाट ३ करोड पुर्‍याइएको छ । यसले राम्रा र आधुनिक घर किन्न चाहनेले बैंकबाट बढी कर्जा लिन पाउँछन् । त्यस्तै पहिलो घर खरिद गर्दा मूल्यांकन गरिएको रकमको ८० प्रतिशतसम्म कर्जा दिइने भएको छ । यसअघि यस्तो कर्जाको सीमा ७० प्रतिशत मात्रै थियो । त्यस्तै अन्य घरजग्गा खरिदका लागि दिइने ऋण सीमा पनि बढाइएको छ । घरजग्गा खरिदमा कुल मूल्यको ७० प्रतिशतसम्म बैंक तथा वित्तीय संस्थाले ऋण दिन पाउने व्यवस्था मौद्रिक नीतिमा…

वाणिज्य बैंकहरुकाे नाफा ४७ अर्ब रुपैयाँभन्दा बढी

वाणिज्य बैंकहरुकाे नाफा ४७ अर्ब रुपैयाँभन्दा बढी चालू आर्थिक वर्षको दश महिनामा वाणिज्य बैंकहरुले ४७ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । नेपालमा सञ्चालित २० वटा वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका हुन् । यो नाफा गत सोही अवधिको तुलनामा १.६७ प्रतिशत कम हो । गत आवको सोही अवधिमा बैंकहरुले ४८ अर्ब ६० करोड ६८ लाख रुपैयाँ नाफा कमाएका थिए । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी नबिल बैंकले खुद नाफा आर्जन गरेको छ । नबिल बैंकले ५ अर्ब ६० करोड कमाएको छ । सबैभन्दा…

राष्ट्र बैङ्कका कार्यकारी निर्देशकहरूको हेरफेर

राष्ट्र बैङ्कका कार्यकारी निर्देशकहरूको हेरफेर नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशकहरूको हेरफेर गरिएको छ । गभर्नर विश्व पौडेलले दुई कार्यकारी निर्देशकको सरुवा र एक जनाको पदस्थापन गरेको राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले जानकारी दिए । केही दिनअघि मात्रै निर्देशकबाट कार्यकारी निर्देशकमा बढुवा भएका दीर्घ रावललाई बैङ्क तथा वित्तीय संस्था सुपरिवेक्षण विभाग प्रमुख बनाइएको छ । यसअघि बैङ्क सुपरिवेक्षणका कार्यकारी निर्देशक रामु पौडेल र मुद्रा व्यवस्थापन विभागमा पठाइएको छ । त्यस्तै, मद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक प्रदीपराज पौड्याललाई सूचना प्रविधि विभागमा सरुवा गरिएको छ । यसअघि उक्त विभागमा तुल्सी नेपालले अनिवार्य अवकाश पाएका थिए । यस अनुसार तीन जनाको…

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढीमा बृक्षरोपण

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढीमा बृक्षरोपण ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको टोखा नगरपालिका र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षरोपण गरेको छ ।बैंकले टोखा नगरपालिकाका विभिन्न विद्यालयहरुमा १००० वटा फलफुलको विरुवाहरु रोपेको हो । बृक्षरोपण कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, विद्यालयका प्रध्यानाध्यापक, विद्यालयका प्रतिनिधि, विद्यार्थी र स्थानीयको उपस्थिति रहेको थियो ।साथै, बैंकले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको विभिन्न वडाहरुमा १५०० वटा बाँसका बिरुवा रोपेको छ । बैंकले सञ्चालन गरेको बृक्षरोपण कार्यक्रममा खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख, नेपाली आर्मी र नेपाल प्रहरीका जिल्ला…

एभरेष्ट बैंक लिमिटेडको सिन्धुलीमा शाखा विस्तार

एभरेष्ट बैंक लिमिटेडको सिन्धुलीमा शाखा विस्तार एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा बागमती प्रदेशको सिन्धुलीकोकमलामाई नगरपालिका ६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको छ ।बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ । शाखाको विस्तार सँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ्ग सुविधा लिनसक्ने विश्वास बैंकले जनाएको छ ।कमलामाई नगरपालिकाका मेयर श्री उपेन्द्र कुमार पोखरेलज्यू र बैंकका संचालक समितिका अध्यक्ष डा। बालगोपाल वैद्यज्यू ले उद्धघाटित सो समारोहमा कमलामाई नगरपालिका ६ का वडाध्यक्ष श्री उज्वल कुमार थापा सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष श्री देव नारायण श्रेष्ठ प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुबेदी बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिब तथा…