गभर्नर अधिकारीमाथि छानबिन गर्न गठित समिति साढे २ वर्षपछि रद्द
गभर्नर अधिकारीमाथि छानबिन गर्न गठित समिति साढे २ वर्षपछि रद्द नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न गठन गरेको समिति साढे २ वर्षपछि रद्द गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको यसअघिको सरकारले नियुक्त गरेका अधिकारीलाई देउवा नेतृत्वको सरकारले गभर्नर पदबाट हटाउन छानबिन समिति गठन गरेको थियो । समिति गठन भएसँगै निलम्बनमा परेपछि अधिकारीले सर्वोच्च अदालत गुहारेका थिए । सर्वोच्चले उनीमाथिको छानबिन प्रक्रिया रोक्न आदेश दिएपछि अधिकारीले निरन्तरता पाएका थिए । अधिकारीले निरन्तरता पाए पनि मन्त्रिपरिषद्को निर्णय भने हेरफेर नभएको अवस्थामा अहिले प्रधामन्त्री ओली नेतृत्वको मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले उक्त…