आईएमइ र कमर्स प्लेक्सबीच रेमिटान्स सम्झौता

आईएमइ लिमिटेड तथा कमर्स प्लेक्स लिमिटेड रेमिटान्स सम्बन्धि रणनीतिक साझेदारीका लागि हस्ताक्षर भएको छ ।

आइएमईको काठमाडौंस्थित कर्पोरेट कार्यालयमा भएको उक्त हस्ताक्षर समारोहमा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र आईएमई लिमिटेडका महाप्रबन्धक बद्री कटुवाल तथा कमर्स प्लेक्स लिमिटेडका तर्फबाट व्यवसाय प्रमुख शाहरोज ए खान लगायत नेपाल र बंगलादेशका कन्ट्री म्यानेजर सञ्जना फरीद साथै नेपालका डेपुटी कन्ट्री म्यानेजर शैलेन्द्र जोशी पनि उक्त समारोहमा उपस्थित थिए ।

आईएमइ लिमिटेड तथा कमर्स प्लेक्स लिमिटेडबीच यो साझेदारीले दुवै पक्षलाई अतुलनीय फाइदा पुग्ने बिश्वास ब्यक्त गरिएको छ भने आप्रवासी नेपालीहरुलाई थप सहज हुने अपेक्षा गरिएको छ ।

आईएमइ लिमिटेड रेमिटान्सको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको एक महत्वपूर्ण तथा बहुचर्चित कम्पनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

आईएमइ र कमर्स प्लेक्सबीच रेमिटान्स सम्झौता