दुर्गा प्रसाईं अराजक अभिव्यक्तिका आरोपमा पक्राउ

मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईंलाई सुरक्षा सम्बन्धी उत्तेजक अभिव्यक्ति दिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ। काठमाडौं जिल्ला प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनलाई मंगलवार राति नियन्त्रणमा लिएको हो।

प्रसाईंलाई भक्तपुरस्थित निवासमै पुगेर राति करिब १० बजे पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार उनलाई पक्राउ गरेपछि तत्काल काठमाडौं ल्याइएकाे थियो।

हालै उनले सार्वजनिक रूपमा हिंसा भड्किन सक्ने खालका टिप्पणी गरेको भन्दै प्रहरी सक्रिय भएको थियो। सोही अभिव्यक्तिलाई अराजक गतिविधि मान्दै अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

दुर्गा प्रसाईं अराजक अभिव्यक्तिका आरोपमा पक्राउ