अवैध लागु‌‌औषध काराेबार गर्ने पटेल पक्राउ

बारा, पर्सा, रौतहटलगायत जिल्लामा अवैध लागुऔषधको बिक्री वितरण गर्दै आएका एक ब्यक्ति बारा प्रहरीको फ़न्दामा परेका छन् ।

लागुऔषधको कारोबार लगायत बिभिन्न मुद्दामा फरार रहेका रौतहट बिजयपुर–७ का २४ बर्षीय रामबिनयप्रसाद पटेललाई प्रहरीले पक्राउ गरेको हो ।

पटेल बिरुद्ध बिभिन्न जिल्लामा पक्राउ पुर्जी जारी भएको छ । प्रहरीले पटेललाई पक्राउ गर्न सफल भएको थिएन । इलाका प्रहरी कार्यालय निजगढका प्रहरीले पटेललाई बाराको निजगढ नगरपालिका–९ सहिद चोकबाट नियन्त्रण लिएको हाे ।

प्रहर असार १ मा निजगढ-७ घर भएका विकास रुम्बा २५० पिस लागुऔषध ट्रामाडोल ट्याब्लेटसहित पक्राउ परेका थिए । रुम्बाले पटेलसँग ट्याब्लेट किनेर निजगढका बिभिन्न लागूऔषध प्रयोगकर्तालाई बिक्रीवितरण गर्दै आएका थिए । रुम्बाकै बयानको आधारमा प्रहरीले पटेललाई प्रक्राउ गरेको हाे ।

पटेल प्रहरी कार्यालय निजगढको लागुऔषध मुद्दा नम्बर ८० को चालु मुद्दाका फरार प्रतिबादी पनि हुन् । पर्सा प्रहरीले साउन १३ मा निजगढ नगरपालिका–९ घर भएका ४३ वर्षीय गणेश पाण्डे र मिलन पाण्डेलाई एक लाख १७ हजार पिस लागुऔषध ट्रामाडोल टैबलेट सहित पक्राउ गरेको थियो । भारतबाट नेपाल लागुऔषध भित्राउँदै गर्दा प्रहरीले गाडी सहित पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

अवैध लागु‌‌औषध काराेबार गर्ने पटेल पक्राउ