रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रिज लाइन इनर्जी लिमिटेडको प्रारम्भीक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि कम्पनीले पुस १३ गतेदेखि आईपीओ खुला गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ । यसमध्ये प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ८५ हजार कित्ता साधारण शेयर (११ करोड ८५ लाख रुपैयाँ बराबर) आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ ।…

शेयर कारोबारी दीपेन्द्र अग्रवाल धरौटीमा थुनामुक्त

शेयर कारोबारी दीपेन्द्र अग्रवाल धरौटीमा थुनामुक्त काठमाडौं । झूटो धितोपत्र कारोबार तथा शेयर मूल्य प्रभावित पारेको आरोपमा पक्राउ परेका शेयर कारोबारी दीपेन्द्र अग्रवाल धरौटी बुझाएर थुनामुक्त भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अग्रवालसँग ४९ लाख १९ हजार ८६५ रुपैयाँ धरौटी जमानत लिएर छाडेको सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक शिव कुरमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ अनुसार सरकारी वकिलको सहमतिमा अग्रवाललाई धरौटीमा रिहा गरिएको हो । उक्त कानुनी व्यवस्थाले अनुसन्धानको क्रममा हिरासतमा रहेका व्यक्तिलाई आवश्यक नदेखिएमा धरौटी, जमानत वा हाजिर जमानीमा छाड्न सक्ने अधिकार अनुसन्धान अधिकारीलाई दिन्छ । नेपाल धितोपत्र…

४७.५५ अंकले बढ्याे नेप्से

४७.५५ अंकले बढ्याे नेप्से नेप्से परिसूचक आइतबार ४७.५५ अंकले बढेको छ । नेप्से ०.८३ प्रतिशतले बढेर २६३३.४२ विन्दुमा बन्द भएको हो। नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। बुधबार तीन अर्ब २२ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार उक्त रकम बढेर पाँच अर्ब ५३ करोड रूपैयाँ पुगेको छ।

टेलिकमले ३० प्रतिशत नगद लाभांश दिने

टेलिकमले ३० प्रतिशत नगद लाभांश दिने नेपाल टेलिकमले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको हो । कम्पनीका अनुसार हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरिएको छ । यस लाभांश पारित गर्न कम्पनीले यही पुस ३० गते साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस २० गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्ने जनाएको छ ।

प्रभु बैंक प्रकरणले बैंकिङ क्षेत्र तरङ्गित : राष्ट्र बैंकको भूमिकामा प्रश्न

प्रभु बैंक प्रकरणले बैंकिङ क्षेत्र तरङ्गित : राष्ट्र बैंकको भूमिकामाथि प्रश्न प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन विगत १९ दिनदेखि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा छन् । प्रभु मनि ट्रान्सफरको रकम हिनामिनासँग जोडिएको एउटा पुरानो प्रकरणलाई लिएर सीआईबीले गत मङ्सिर १४ गते उनलाई नियन्त्रणमा लिएको थियो । एउटा ठुलो वाणिज्य बैंकका बहालवाला सीईओ यति लामो समयसम्म हिरासतमा हुँदा बैंकिङ क्षेत्र तरङ्गित छ । नेपाल बैंकर्स संघले शेरचनलाई हाजिरी जमानीमा रिहा गरेर अनुसन्धान अघि बढाउन सीआईबीसमक्ष आग्रह गर्दै आएको छ । तर, अनुसन्धान टुंगोमा नपुगेको र थप सोधपुछ आवश्यक रहेको भन्दै प्रहरीले उनलाई छोड्न मानेको छैन ।…

अमेरिकी डलरकाे मूल्य हालसम्मकै उच्च

अमेरिकी डलरकाे मूल्य हालसम्मकै उच्च नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ २० पैसा र बिक्रीदर १७० रुपैयाँ ९० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८२ रुपैयाँ र बिक्रीदर १८२ रुपैयाँ ७५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर…

चन्द्रागिरि हिल्सले हकप्रद शेयर जारी गर्ने

चन्द्रागिरि हिल्सले हकप्रद शेयर जारी गर्ने चन्द्रागिरि हिल्स लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले बोनस शेयर वितरणपछि कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो । कम्पनीका अनुसार गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश समेत पारित गर्न लागेको छ । जसका लागि पुस २३ गते १६औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा चन्द्रागिरि हिल्स लिमिटेडको बटम स्टेशन परिसरमा आयोजना गरिने भएको छ । उक्त सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै, प्रबन्ध…

दर्जनभन्दा बढी बैंकहरूले घटाए ब्याजदर

दर्जनभन्दा बढी बैंकहरूले घटाए ब्याजदर दर्जनभन्दा बढी बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले पुस महिनाका लागि ब्याजदर घटाएसँगै व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औसत ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ । साेमबार सार्वजनिक भएको बैंकहरूको सूचनाअनुसार पुस महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरूको अधिकतम औसत ब्याजदर ४.८३४ प्रतिशतविन्दु कायम भएको छ । मंसिर महिनामा सो दर ५.०४०५ प्रतिशतविन्दु थियो । अहिले औसत ब्याजदर ०.२०६५ प्रतिशतबिन्दुले घटेको हो । १३ बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । प्राइम कमर्सियल बैंक, ग्लोवल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकले समान ०.५ प्रतिशतविन्दुले घटाएका छन् । प्रभु बैंक…

पाेखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा

पाेखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणमा ८ अर्ब रूपैयाँभन्दा बढी भ्रष्टाचार भएको भन्दै पाँच जना पूर्वमन्त्रीसहित ५५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। एक चिनियाँ कम्पनीविरूद्ध पनि मुद्दा दर्ता गरिएको छ। विशेष अदालतमा आइतबार दायर मुद्दामा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रूपैयाँ बिगो कायम गरिएको छ। भ्रष्टाचार मुद्दा दायर भएका पूर्वमन्त्रीमा पोष्टबहादुर बोगटी, डा. रामशरण महत, भीम आचार्य, रामकुमार श्रेष्ठ र दिपक अमात्य छन् । यीमध्ये पूर्वमन्त्री बोगटीको मृत्यु भइसकेकाले उनकी श्रीमती राममायालाई बिगो जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ । अर्का पूर्वमन्त्री डा. महत अल्जाइमर्स रोग लागेर…

एक हजार दरका ४३ करोड थान नोट छाप्न चिनियाँ कम्पनीलाई टेण्डर

एक हजार दरका ४३ करोड थान नोट छाप्न चिनियाँ कम्पनीलाई टेण्डर नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान नोट छाप्ने तयारी गरेको छ । जसका लागि राष्ट्र बैंकले चिनियाँ कम्पनीलाई टेण्डर दिएको छ । नोट छपाइका लागि राष्ट्र बैंकको अन्तर्राष्ट्रिय बोलपत्र आह्वानमा चिनियाँ कम्पनीले टेण्डर पाएको हो । टेण्डर पाएको चाइना बैंक नोट मिन्टिङ एण्ड प्रिन्टिङ कर्पोरेशनसँग राष्ट्र बैंकले करार सम्झौता गरेको छ । उक्त कम्पनीले एक करोड ६९ लाख ८५ हजार डलरमा नोट छाप्ने ठेक्का पाएको राष्ट्र बैंकले जनाएको छ । नोट छपाइका लागि राष्ट्र बैंकले गत भदौ १० गते बोलपत्र आह्वान गरेको थियो ।