टेलिकमले ३० प्रतिशत नगद लाभांश दिने

नेपाल टेलिकमले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीका अनुसार हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरिएको छ । यस लाभांश पारित गर्न कम्पनीले यही पुस ३० गते साधारण सभा बोलाएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस २० गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

टेलिकमले ३० प्रतिशत नगद लाभांश दिने