हकप्रद सेयर जारी गर्दै नेपाल इन्स्योरेन्स

हकप्रद सेयर जारी गर्दै नेपाल इन्स्योरेन्स नेपाल इन्स्योरेन्सले हकप्रद (राइट) सेयर जारी गर्ने भएको छ । पुँजी वृद्धिका लागि नियामक नेपाल बीमा प्राधिकरणले दबाब दिएसँगै कम्पनीले हकप्रद सेयर जारी गर्ने तयारी गरेको हो । बीमा प्राधिकरणले गत वर्ष एक निर्देशन जारी गर्दै २०८० चैत मसान्तसम्म जीवन बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्‍याउन र निर्जीवनी बीमा कम्पनीहरुलाई २ अर्ब ५० करोड रुपैयाँ पुर्‍याउन निर्देशन गरेको थियो । उक्त निर्देशन बमोजिम प्राधिकरणले बीमा कम्पनीहरुलाई चुक्ता पुँजी वृद्धि गर्ने समय केही बढाएको छ । यसै नीति बमोजिम नेपाल इन्स्योरेन्सको वैशाख १७ गते मंगलबार बसेको सञ्चालक समितिको १७ औं बैठकले हाल…

मेरो अटो मोटर र्‍यालीको चौथो संस्करण काठमाडौँदेखि सौराहासम्म

मेरो अटो मोटर र्‍यालीको चौथो संस्करण काठमाडौँदेखि सौराहासम्म मेरो अटो मोटर र्‍यालीको चौथो संस्करण यही वैशाख २१ र २२ गते आयोजना हुने भएको छ । अटोमोटिभ्स प्रालिले ४ वर्षदेखि आयोजना गर्दै आएको मोटर र्‍याली यस वर्ष काठमाडौँदेखि चितवनको सौराहासम्म हुने भएको हो । र्‍यालीको फ्यागअफ नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले गर्ने छन् । शुक्रबार बिहान ८ बजे ललितपुरको कुपण्डोलबाट सुरू हुने र्‍याली बल्खु, दक्षिणकाली, सिस्नेरी, हेटौँडा हुँदै सौराहाको होटल मोनालिसामा पुग्नेछ । शनिबार सौराहामा एक कार्यक्रमका बिच र्‍यालीको समापन गरिने छ । र्‍यालीमा ५० बढी कारमा अटोमोबाइल, बैंकिङ, इन्स्योरेन्स लगायत विभिन्न क्षेत्रका १०० भन्दा बढी व्यक्तिहरूको सहभागिता…

आईएमई लाइफद्वारा ३४.५० प्रतिशत लाभांश प्रस्ताव

आईएमई लाइफ इन्स्योरेन्सद्वारा ३४.५० प्रतिशत लाभांश प्रस्ताव आईएमई लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७९/८० को बोनस सेयर तथा नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ बराबरको बोनस सेयर र ९.५० प्रतिशतले हुन आउने ३८ करोड रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) प्रस्ताव गरको हो । कम्पनीको अहिले चुक्ता पूँजी ४ अर्ब रहेको छ । लाभांश पास भएपछि चुक्ता पूँजी ५ अर्ब पुग्ने…

नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य : अर्थमन्त्री

नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य : अर्थमन्त्री अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन-२०२४ भव्य रुपमा सफल भएको बताएका छन् । सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) तथा नेपालका लागि विभिन्न देशका राजदूतहरुसँगको साइडलाइन बैठकमा बोेल्दै सोमबार उनले सम्मेलन सफल भएको बताए । उनले लगानी सम्मेलनमा विकास साझेदारहरुको सक्रिय सहभागिताले आफूहरु उत्साहित भएको उल्लेख गरे । विकास साझेदार, लगानीकर्ता र सरोकारवालाहरुको उल्लेख्य उपस्थितिले लगानी सम्मेलन सफल भएको उनको भनाइ थियो । लगानी सम्मेलनमा भएको उपस्थितिले नेपाल लगानीका लागि विश्वकै उत्कृष्टमध्येको गन्तव्य भएको पुष्टि गरेको मन्त्री पुनले बताए ।…

लगानीका लागि नेपाल उपयुक्त गन्तव्य : प्रधानमन्त्री

लगानीका लागि नेपाल उपयुक्त गन्तव्य : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको बताएका छन् । ‘नेपाल लगानी सम्मेलन २०२४’ उद्घाटन गर्दै दाहालले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको बताए । उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको जानकारी दिए । लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहज अवस्था सिर्जना गर्न नेपाल निरन्तर अगाडि बढेको दाहालले आश्वस्त पारे । उनले हालै मात्र व्यवसाय र लगानीसम्बन्धी विभिन्न आठ कानुन परिमार्जन गरिएको जानकारी गराए । उनले भने, ‘मलाई विश्वास छ, यसले नेपालमा लगानी गर्ने लगानीकर्ताको आत्मविश्वास बढाउँछ ।’…

चालु वर्ष आर्थिक वृद्धिदरमा सुधार हुन्छ : गभर्नर

चालु वर्ष आर्थिक वृद्धिदरमा सुधार हुन्छ : गभर्नर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्ष आर्थिक वृद्धिदरमा सुधार हुने दाबी गरेका छन् । केन्द्रीय बैंकको बार्षिक उत्सवलाई सम्बोधन गर्दै गभर्नर अधिकारी चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा सुधार हुने बताए । आर्थिक वर्ष २०८०/८१ मा समयमै रोपाइँ भएको, मौसम अनुकूल भई समयमा वर्षा भएको र मलको आपूर्ति सहज नै रहेकोले कृषि उत्पादन बढ्ने अनुमान छ । विप्रेषण आप्रवाहमा भएको सुधारले बाह्य क्षेत्र सुदृढ भई बैंकिङ प्रणालीमा तरलता बढेको र कर्जाको ब्याजदर घटेकोले आर्थिक गतिविधि चलायमान हुनका लागि आधार सिर्जना भएको छ । पयर्टक आगमन कोभिडपूवको अवस्थामा…

शिवम् सिमेन्ट सर्वाधिक १३.३१ करोड बोरा ओपिसी सिमेन्ट बिक्री गर्न सफल

शिवम् सिमेन्ट सर्वाधिक १३.३१ करोड बोरा ओपिसी सिमेन्ट बिक्री गर्न सफल शिवम् सिमेन्टले नेपाली सिमेन्ट जगतमै इतिहास रच्दै सर्वाधिक १३.३१ करोड बोरा ओपिसी सिमेन्ट विक्री गर्न सफल भएको छ । अत्याधुनिक प्रविधि र दशकौँको अनुभवका साथ आफ्नै खानीको चुन ढुंगाबाट निर्मित उच्च गुणस्तरीय ओपिसी सिमेन्ट उत्पादन गर्ने शिवम् सिमेन्ट सर्वसाधारणको लागि सेयर जारी गर्ने नेपालको पहिलो सिमेन्ट कम्पनी हो । शिवम् सिमेन्टले ४३ र ५३ ग्रेडमा ओपिसि सिमेन्ट उत्पादन गर्दै आएको छ । शिवम् सिमेन्ट एनएस क्वालिटी अवार्ड २०१९ बाट सम्मानित नेपालकै पहिलो सिमेन्ट कम्पनी पनि हो । 'भरोसा अटुट सम्बन्धको', 'गुणस्तरीय मामलामा नाे कम्प्राेमाइज', 'गुणस्तरको पहिचान हो शिवम्' तथा…

रोबोटिक सर्जरीले पाउँदै छ नयाँ अनुहार

रोबोटिक सर्जरीले पाउँदै छ नयाँ अनुहार भारत, बिहारको सवेरा अस्पताल क्याम्पसको पाँचौं तल्लामा रहेको ‘अनुप इन्स्टिच्युट अफ अर्थोपेडिक्स एण्ड रिह्याबिलिटेसन एक्स्टेन्सन युनिट’मा रोबोटिक प्रविधिको प्रयोग गरेर बेलायतबाट आएका बिरामीको दुवै घुँडा एकैपटक प्रत्यारोपण गरिएको छ । काङ्करबाग, पटनामा रहेको यो शल्यक्रिया केन्द्रले स्थापना भएको ३ वर्षभित्रै रोबोटिक विधिबाट एक हजारभन्दा बढी बिरामीको जोर्नीको शल्यक्रिया गरिसकेको छ । यसले मेडिकल पर्यटनको लागि नयाँ सम्भावनाको ढोका उघारेको चिकित्सकहरुले बताएका छन् । लन्डनका ती ७५ वर्षीय बिरामी ओस्टियोआर्थराइटिसबाट ग्रस्त थिए, जसले विश्वभरका ५२ करोड ८० लाखभन्दा बढी मानिसलाई असक्त बनाएको छ। अनुप इन्स्टिच्युट अफ अर्थोपेडिक्स एण्ड रिह्याबिलिटेसनको एक्सटेन्सन युनिटका मेडिकल डाइरेक्टर डा. आशिष…

गण्डकीमा कामना सेवा बैंककाे साक्षरता कार्यक्रम

गण्डकीमा कामना सेवा बैंककाे साक्षरता कार्यक्रम कामना सेवा विकास बैंकले शनिबार पोखराको गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । मेडिकल कलेजका करिब २०० जना डाक्टर तथा विद्यार्थीहरूलाई वित्तीय साक्षरता दिइएको हो । कार्यक्रम पश्चात् गण्डकी मेडिकल कलेज र कामना सेवा विकास बैंकबिच सेवा छुट सम्बन्धी समेत सम्झौता भएको छ । उक्त सम्झौता पश्चात् कामना सेवा विकास बैंकका कर्मचारी, शेयरधनी तथा ग्राहकहरूले सेवा उपभोग गर्दा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकको मोबाइल बैंकिङ्ग सेवा तथा कार्डबाट भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्न सकिनेछ । उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली…

७ बैंककाे नाफा बढ्याे, १३ काे घट्याे

७ बैंककाे नाफा बढ्याे, १३ काे घट्याे : सर्वाधिक कमाउनेमा नबिल, ग्लाेबल आइएमई दाेस्राे हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये नबिल बैंकले सबैभन्दा बढी नाफा कमाउन सफल भएको छ । सो बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.७६ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्मा बैंकले ५ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको थियो। खुद ब्याज आम्दानी बढेपनि बैंकको खर्च बढेका कारण खुद नाफा सामान्य घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.७२ प्रतिशत र खुद फि…