शाओमीले ल्यायो ‘नयाँ साल–नयाँ नोट’ अफर

शाओमीले ल्यायो ‘नयाँ साल–नयाँ नोट’ अफर ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नयाँ वर्षको अवसरमा ‘नयाँ साल – नयाँ नोट’ नामक विशेष अफर ल्याएको छ । जसअन्तर्गत ग्राहकहरुले रेड्मी बड्स ४ एक्टिभ फ्रि मा र रेड्मी वाच ३ एक्टिभ आकर्षक डिस्काउन्टमा प्राप्त गर्न सक्नेछन् । रेड्मी नोट १३ प्रो वा रेड्मी नोट १३ प्रो + ५ जि को खरिदमा ग्राहकले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क वा रेड्मी वाच ३ एक्टिभ रु. ३,४९९ छुट मूल्यमा प्राप्त गर्न सक्नेछन् जसको वास्तविक मुल्य रु. ५,६९९ हो । त्यसैगरी रेडमी नोट १३ खरिद गर्दा भने ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क पाउनेछन् । यस अफरले नेपाली…

राम्राे व्यवस्थापनमा चलिरहेका ९ सहकारीमा गम्भीर समस्या : राष्ट्र बैंक

राम्राे व्यवस्थापनमा चलिरहेका ९ सहकारीमा गम्भीर समस्या : राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले राम्रो व्यवस्थापनमा चलिरहेका सहकारीमा पनि गम्भीर समस्या देखिएको जनाएको छ । राष्ट्र बैंक र सहकारी विभागको अनुगमनमा राम्रा भनिएका सहकारीमा समेत संस्थागत सुशासनमा समस्या देखिएको हाे । राष्ट्र बैंकका प्रतिनिधिसहितको संयुक्त टोलीले काठमाडौं, ललितपुर र काभ्रेपलाञ्चोकमा सञ्चालित नौ वटा सहकारीकाे अनुगमन गरेको थियो । सहकारी विभागका उपरजिस्ट्रार टोलराज उपाध्यायको नेतृत्वमा तीन फरक टोली बनाएर ती सहकारीकाे अनुगमन गरिएको हाे । सञ्चालक र व्यवस्थापकले पदीय दुरुपयोग गर्ने, संस्थाको धेरै कर्जा चलाउने, आफ्ना मान्छेलाई अस्वाभाविक तलब दिने र अन्य कर्मचारीको श्रम शोषण गर्नेजस्ता समस्या अनुगमन क्रममा देखिएको अनुगमनमा संलग्न…

धनगढीबाट काठमाडाैं उडेकाे श्री एयरकाे जहाज भैरहवा लगेर अवतरण

धनगढीबाट काठमाडाैं उडेकाे श्री एयरकाे जहाज भैरहवा लगेर अवतरण धनगढीबाट काठमाडाैंका लागि उडेको श्री एयरलाइन्सको जहाज बिहीबार भैरहवामा आपतकालीन अवतरण गरिएको छ । बिहान ७: १२ बजे धनगढीबाट उडेको श्री एयरको जहाज २ घण्टा २२ मिनेट आकाशमा उडेपछि बिहान ९:३४ मा भैरहवा विमानस्थलमा आपतकालीन अवतरण गरिएको हाे । ८० सिट क्षमताको जहाजमा दुई बच्चासहित ७७ यात्रु थिए । काठमाडाैंमा अवतरण गर्ने क्रममा माैसम बिग्रिएपछि जहाज आकाशमा होल्ड गरी अन्तिममा भैरहवामा अवतरण गरिएको थियो ।

भैरहवामा खुल्यो मोटरसाइकलको एसेम्ब्लिङ प्लान्ट

भैरहवामा खुल्यो मोटरसाइकलको एसेम्ब्लिङ प्लान्ट नेपालमा होन्डा मोटरसाइकलको एसेम्ब्लिङ सुरु भएकाे छ । होन्डाका मुख्य बिजनेस युनिटका भाइस-प्रेसिडेन्ट मिनोरु काटोले बुधबार भैरहवामा होन्डा ‘एसेम्ब्लिङ प्लान्ट’ उद्‍घाटन गरका छन् । १ अर्ब ५० करोड लगानीमा दुई लाख स्क्वायर फुट क्षेत्रफलमा फैलिएको प्लान्टले वार्षिक एक लाख वटा मोटरसाइकल र स्कुटर उत्पादन गर्ने कम्पनीले बताएको छ । एसेम्ब्लिङ प्लान्ट स्थापना भएसँगै सहायक कम्पनी हिमाल मोटो प्रालि मार्फत उत्पादनको बिक्री वितरण, पाटपुर्जाको उपलब्धता र सर्भिसिङ सेवा उपलब्ध हुने नेपालका लागि होन्डाको अधिकृत विक्रेता स्याकार ट्रेडिङले जनाएको छ। नेपालमा ५५ वर्षदेखि विक्री हुँदै आएको होन्डा दुई पाङ्ग्रे सवारीमा नेपालकै सर्वाधिक बिक्री हुनेमध्येको ब्राण्ड हो ।…

एनआईसी एशिया बैंकले दियाे बीमाकाे १ करोड २० लाख

एनआईसी एशिया बैंकले दियाे बीमाकाे १ करोड २० लाख एनआईसी एशिया बैंकले बचत खातामा उपलब्ध बीमा वापत १ करोड २० लाख बीमा रकम भुक्तानी गरेकाे छ । बैंकले ल्याएको आकर्षक फाइदाहरूसहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत २०८० असार १८ देखि फागुन १४ सम्ममा घातक रोगको बीमा वापत सात जना र दुर्घटनामा परेका पाँच जना गरी कुल १२ जना खातावालालाई प्रतिव्यक्ति १० लाख रूपैयाँको दरले जम्मा १ करोड २० लाख रूपैयाँ बीमा रकम आईजीआई प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स बीमा कम्पनीबाट प्राप्त गरी भुक्तानी गरेको हाे । बैंकको काठमाडौंस्थित नागपोखरी शाखामा खाता खोलेकी रचना गौचन, दैलेखस्थित दैलेख शाखामा खाता खोलेका चक्र बहादुर…

सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता

सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर भन्ने नाराका साथ चैत ५ देखि ११ सम्म सञ्चालित ग्लोबल मनि विकका अवसरमा सातवटै प्रदेशमा रहेका आफ्ना २५ शाखा कार्यालयबाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।यसअन्तर्गत बैंकले कोशी प्रदेशको विराटनगर, बिर्तामोड, हल्दिबारी र महेन्द्र चोक, मधेश प्रदेशको विद्यापति चोक, वीरगन्ज, कृष्णप्रणामी र राजविराज, बाग्मती प्रदेशको थापाथली, थली, भरतपुर, हेटौंडा र सिनामंगल, गण्डकी प्रदेशको अमरापुरी र दमौली, लुम्बिनी प्रदेशको भुताहा र बढैयाताल, कर्णाली प्रदेशको सुर्खेत, जुम्ला, डोल्पा र सिमीकोट तथा सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर, धनगढी, बझाङ र अत्तरियामा साक्षरता कार्यक्रम गरी वित्तीय ज्ञान प्र्रदान…

बोटलर्स नेपालको सेयर मूल्य प्रतिकित्ता १८ हजार

बोटलर्स नेपालको सेयर मूल्य प्रतिकित्ता १८ हजार बोटलर्स नेपाल (बालाजु) को सेयर मूल्यमा सोमबार सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएको करिब साढे २ घण्टापछि यसको सेयर मूल्यमा सर्किट लागेको हो । यो सँगै यसको सेयर मूल्य प्रतिकित्ता १८ हजार २ सय ७६.५० रुपैयाँ कायम भएको छ । एक दिनमा यसका सेयर धनीले एक कित्ता बराबर १ हजार ६ सय ६१.५० रुपैयाँ कमाएका छन् । नेपसेमा यसको १९ लाख ४८ हजार ८ सय ८७ कित्ता सेयर सूचीकृत छ । यसमा ४ लाख ८७ हजार २ सय २१ कित्ता मात्र पब्लिक सेयर छ । यसको बजार पुँजीकरण ३२ अर्ब ३८ करोड ७ लाख…

सिटिजन्स बैंक र भारतको मेदान्त अस्पतालबीच छुटसम्बन्धी समझदारी

सिटिजन्स बैंक र भारतको मेदान्त अस्पतालबीच छुटसम्बन्धी समझदारी १७ वर्षदेखि उत्कृष्ट बैंकिङ्ग सेवा दिँदै आएको सिटिजन्स बैंक र भारतको गुँडगाँवस्थित मेदान्त– द मेडिसिटि अस्पतालबीच सिटिजन्स बैंकका कार्डवाहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिनेसम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ । हरियाणास्थित मेदान्त अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशाज पोखरेलले हस्ताक्षर गरेका हुन् ।यस किसिमको सहकार्यबाट बैंकका ग्राहकवर्गले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेका छन् । आगामी दिनमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थप सहज हुने विश्वास बैंकले लिएको छ । बैंकले यस्तो सुविधा…

स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई विशेष छुट

स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई विशेष छुट नबिल बैंक लिमिटेडका ग्राहकले स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन् । आफ्ना ग्राहकलाई विभिन्न क्षेत्रमा छुट तथा सुविधा विस्तारको लागि सक्रियता देखाउँदै आएको नेपालको अग्रणी वित्तीय संस्था नबिल बैंक लिमिटेडले स्काइवाकको टिकटमा छुट दिन वन्डर्स नेपाल प्रालिसँग दुई पक्षीय समझदारी गरेको छ ।यस सम्झौताअनुसार नबिल बैंकका ग्राहकले वन्डर्स नेपाल प्रालिको स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकले टिकट खरिद गर्दा नबिल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड अथवा एनबैंक एपबाट भुक्तानी गर्नुपर्ने हुन्छ ।आफ्ना ग्राहक वर्गलाई अतिरिक्त लाभ दिने उद्देश्यसहित…

अर्थमन्त्रीलाई चेम्बरकाे १७ बुँदे सुझाव

अर्थमन्त्रीलाई चेम्बरकाे १७ बुँदे सुझाव शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन पुँजीगत खर्चमा वृद्धि, भन्सार प्रशासन सुधार, निर्यात प्रवर्द्धन लगायतका विषयमा नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री वर्षमान पुनलाई १७ बुँदे सुझाव दिएको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहित पदाधिकारीकाे टोलीले नेपालमा आयात हुने बस्तुहरूको भन्सार प्रयोजनका लागि सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिन आग्रह गरेको छ । नेपाली बस्तुको निर्यात प्रवर्द्धन गर्नका लागि भन्सार नाकाहरुमा उच्चस्तरीय क्वारेन्टिन ल्याव स्थापना गर्न पनि आग्रह गरिएको छ । अर्थतन्त्रको अवस्था हाल शिथिलताबाटै गुज्रिरहेको भन्दै चेम्बरले पुँजीगत खर्चमा वृद्धि, उत्पादन तथा रोजगारी सिर्जना गर्ने गरी नीतिगत व्यवस्था गर्न नवनियुक्त अर्थमन्त्री पुनको ध्यानाकर्षण गराएको हो…