बजार घट्याे, काराेबार बढ्याे

बजार घट्याे, काराेबार बढ्याे अघिल्लो दिन २८१९ अंकमा बन्द भएको सेयर बजार बिहीबार घटेको छ । ३८.१० अंक घटेसँगै आज २७८१ मा बन्द भएको छ । सुरुवातमा केही उतारचढाव देखिँदै साढे १ बजेसम्म २८ सयमाथि नै रहेको बजार त्यसपछि थप घट्न पुग्यो । बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ७ अर्ब ६८ करोडको कारोबार भएकोमा ८ अर्ब ९ करोड रुपैयाँको भयो । २४ कम्पनीको मूल्य बढ्दा २२७ को घट्यो । आज अधिकांश सेक्टरका सूचक घटे । विकास बैंक सबैभन्दा धेरै २.३८ प्रतिशत घट्यो । बैंकिङ ०.८७, फाइनान्स १.९७, होटल तथा पर्यटन १.६०, हाइड्रोपावर १.४४, लगानी १.५८,…

बन्दीपुर केवलकारकाे आईपीओ सर्वसाधारणका लागि खुल्यो

बन्दीपुर केवलकारकाे आईपीओ सर्वसाधारणका लागि खुल्यो बन्दीपुर केवलकार एन्ड टुरिजम लिमिटेडको साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला भएको छ । बुधबारदेखि आईपीओ निष्काशन गरिएको हो । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको थियो । उक्त आईपीओ बाँडफाँटपछि सर्वसाधारणका लागि निष्काशन गरिएको हो । कम्पनीले ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमा ५ लाख ६६ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याएको थियो भने ५ लाख २९ हजार ४०० कित्ता साधारण वैदेशिक रोजगारीमा रोजगारीमा रहेका…

नेप्से परिसूचकमा उच्च अङ्कको सुधार

नेप्से परिसूचकमा उच्च अङ्कको सुधार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक ५३ दशमलव शून्य एक अङ्कले बढेर दुई हजार ८१९ दशमलव १० को विन्दुमा कायम भएको हो । यो एक दशमलव ९१ प्रतिशतको सुधार हो । आज ३२१ कम्पनीको एक करोड ४९ लाख ८६ हजार १४२ कित्ता शेयर ७२ हजार ५२८ पटक खरिदबिक्री हुँदा सात अर्ब ६८ करोड ३३ लाख ८६ हजार ४४१ दशमलव ७० को कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । बैंकिङ एक दशमलव ३८, विकास बैंक तीन दशमलव ४०, वित्त एक दशमलव ९८,…

व्यक्तिगत प्यान कार्ड लिनेको संख्या ४९ लाख

व्यक्तिगत प्यान कार्ड लिनेको संख्या ४९ लाख व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको संख्या झण्डै ४९ लाख पुगेको छ । आन्तरिक राजस्व विभागका अनुसार आव २०८१/८२ को अन्तिमसम्म ४८ लाख ९२ हजार ८४० व्यक्तिगत स्थायी लेखा नम्बर दर्ता भएको छ । सरकारले पछिल्लो समय भुक्तानीमा प्यान नम्बर अनिवार्य गरेसँगै स्थायी लेखा नम्बर लिनेको संख्या बढ्न थालेको हो । विभागका अनुसार यो अवधिमा स्थायी लेखा नम्बर लिनको संख्या भने २० लाख १२ हजार ९०८ पुगेको छ । मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता करदाता ३ लाख ४५ हजार ७२७ पुगेका छन् । अन्त:शुल्कमा दर्ता करदाता १ लाख १९ हजार ४०२ पुगेका…

काठमाडौं महानगरविरुद्ध कवाड व्यवसायीकाे प्रदर्शन

काठमाडौं महानगरविरुद्ध कवाड व्यवसायीकाे प्रदर्शन कवाड व्यवसायी संघर्ष समितिले साेमबार काठमाडौं महानगरविरुद्ध प्रदर्शन गरेकाे छ । कवाड व्यवसायीले भृकुटीमण्डपदेखि कमलादीस्थित काठमाडौं प्लाजासम्म प्रदर्शन गरेका हुन् ।महानगरपालिकाले कवाड संकलन र भण्डारणमा रोक लगाएको विरोधमा कवाड संकलक र व्यवसायीहरूले प्रदर्शन गरेका हुन् । महानगरले आफ्नो क्षेत्रभित्र कवाड संकलन र भण्डारणमा प्रतिबन्ध लगाएको भन्दै पछिल्लो समय उनीहरू आन्दोलित छन् । आफूहरूको रोजीरोटी खोसेको भन्दै कवाड संकलक र व्यवसायीहरू मेयर बालेन साहसँग रिसाएका छन् ।

एलएस अटोको घोषणा : गाडी किन्दा चार देशको भ्रमण उपहार

एलएस अटोको घोषणा : गाडी किन्दा चार देशको भ्रमण उपहार एलएस अटोले नाडा अटो शो २०२५ मा विद्युतीय गाडी खरिदमा चार देशको भ्रमण प्याकेज नि:शुल्क उपलब्ध गराउने अफर सार्वजनिक गरेको छ। एलएस अटोले विशेष र फरक अफर सार्वजनिक गरेसँगै मेलाको माहोल तातेको छ । कम्पनीले आफ्नो ईभी खरिदमा चार देशको भ्रमण प्याकेज नि:शुल्क उपलब्ध गराउने घोषणा गरेपछि एलएस अटोको स्टलमा गाडी अवलोकन गर्ने र जानकारी लिनेको भीड लागेको छ । यो अफरले नाडा अटो शोलाई थप रोमाञ्चक बनाएको छ भने सम्भावित ग्राहकहरूमाझ तीव्र उत्साह जगाएको छ । कम्पनीका महाप्रबन्धक नवीन फुयालका अनुसार यो अफर केवल एक बिक्री रणनीति मात्र नभई…

साताको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य गिरावट

साताको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य गिरावट साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य अङ्कको गिरावट आएको छ । बजार खुलेदेखि नै उतारचढावपूर्ण रहेको नेप्से अन्त्यमा ९.२२ अङ्क घटेर २७५७.९७ को बिन्दुमा बन्द भएको हो । परिसूचकसँगै आज कारोबार समेत करिब ५ अर्ब रुपैयाँमा सीमित भएको छ । दिनभरमा कुल ३१९ स्क्रिपका १ करोड ६८ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २ करोड कारोबार भएको हो । सर्वाधिक कमाउने कम्पनीमा विकास हाइड्रो सबैभन्दा अगाडि छ । उक्त कम्पनीमा आज ९.९९ प्रतिशत वृद्धिसहित सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै गिरावट भने जनउत्थान सामुदायिक लघुवित्त संस्थाको…

अटाे लाेनमा बैंक तथा वित्तीय संस्थाहरूकाे हाेडबाजी

अटाे लाेनमा बैंक तथा वित्तीय संस्थाहरूकाे हाेडबाजी अधिक तरलताको अवस्थाबाट गुज्रिरहेका बैंक तथा वित्तीय संस्थाहरू तुलनात्मक रूपमा सुरक्षित मानिने अटो क्षेत्रमा ऋण प्रवाह बढाएका छन् । त्यही भएर अटो शोमा विभिन्न बैंकहरूले स्टल नै राखेर लोन–स्कीमको प्रचार गरिरहेका छन् । भृकुटीमण्डपमा चलिरहेका नाडा अटो शो २०२५ मा ८ वटा बैंकले स्टल राखेका छन् । त्यसरी स्टल राख्ने बैंकहरूमा कृषि विकास बैंक, नबिल बैंक, एनएमबि बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक र नेपाल एसबीआई बैंक रहेका छन् । स्टल नरहेका बैंकले पनि अटो लोनका प्रोडक्टलाई विशेष प्राथमिकता दिइरहेको देखिन्छ । अहिले बैंक तथा वित्तीय संस्थाले दुई…

गोरखा ब्रुअरीलाई ‘व्यावसायिक सुरक्षा सम्मान’

गोरखा ब्रुअरीलाई ‘व्यावसायिक सुरक्षा सम्मान’ गोरखा ब्रुअरी प्रा. लि.ले कार्यस्थल सुरक्षा र कर्मचारी कल्याणप्रति देखाएको उत्कृष्ट प्रतिबद्धताका लागि नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यावसायिक सुरक्षा विभागबाट ‘प्रान्त नं. ४ व्यावसायिक सुरक्षा सम्मान’ प्राप्त गरेको छ। यो सम्मान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले प्रदान गरेका हुन् । सम्मान प्राप्त भएपछि गोरखा ब्रुअरीका पीपल एण्ड कल्चर निर्देशक दिपेश मान श्रेष्ठले भने— “सुरक्षा हाम्रो पहिलो र सधैं प्राथमिकता हुनेछ । यो सम्मानले हाम्रो सम्पूर्ण टिमको निरन्तर परिश्रमलाई प्रतिबिम्बित गरेको छ, जसले सुरक्षित, स्वस्थ र उत्पादक कार्य वातावरण सुनिश्चित गर्छ । हाम्रो शून्य-दुर्घटना संस्कृतिको लक्ष्य…

सर्वसाधारण लगानीकर्ताको मनोबलमा प्रतिकूल असर पर्ने कार्य नगर्नू : नेप्से

सर्वसाधारण लगानीकर्ताको मनोबलमा प्रतिकूल असर पर्ने कार्य नगर्नू : नेप्से नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले कुनै पनि धितोपत्र किन्न वा बेच्न सल्लाह नदिने, प्रतिफलको ग्यारेन्टी नगर्ने, खरिद वा बिक्री गर्ने, मूल्य नतोक्ने प्रष्ट पारेको छ । नेप्सेका नाममा सामाजिक सञ्जालहरूमा सेयर बजार सम्बन्धी भ्रामक तथा अनधिकृत सामग्री, स्टक टिप्स, सेयर किनबेचका सिफारिस लगायत झुटा दाबी गरेको पाइएपछि सर्वसाधारणलाई भ्रममा नपर्न नेप्सेले आग्रह गरेको हो । यस्ता गतिविधिले सर्वसाधारण लगानीकर्ताको मनोबलमा प्रतिकूल असर पर्ने नेप्सेले जनाएको छ । यस किसिमका भ्रामक र अनधिकृत सामग्री आधार बनाइ लगानी नगर्न समेत नेप्सेले सुझाएको छ । नेप्सेले सूचना/प्रेस नोट नेप्सेको वेबसाइट र आधिकारिक सामाजिक…