सेयर बजार बुधबारदेखि खुल्ने

सेयर बजार बुधबारदेखि खुल्ने सेयर बजार बुधबारदेखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डसँगको परामर्शपछि नेपाल स्टक एक्स्चेन्जले यस्ताे निर्णय गरेकाे हो । ‘सबै पक्षसँग छलफल र परामर्श गरेपछि बुधबारदेखि बजार खोल्ने निर्णय भएको छ’ बोर्डका एक अधिकारीले भने । उनका अनुसार यसबारे नेप्सेलाई सूचना पठाउने र नेप्सेले नै सार्वजनिक गर्नेछ । यसअघि असोज २ गतेसम्म कारोबार बन्द गर्ने भनी नेप्सेले सूचना जारी गरे पनि अर्को निर्णय भएसँगै सो खारेज भएको छ । भदौ २३ र २४ गते राजधानी काठमाडौंसहित देशका शहरहरुमा जेनजी प्रदर्शनका नाममा भएको विध्वंशपछि २४ गतेयता बजार बन्द गरिएको थियो । एक साता बजार बन्द भयो ।

दुई दर्जनभन्दा बढी हाेटलमा क्षति

दुई दर्जनभन्दा बढी हाेटलमा क्षति जेनजी आन्दोलनका क्रममा देशभरिका दुई दर्जनभन्दा बढी होटलमा क्षति पुगेको छ । होटल एसोसिएसन नेपाल (हान) ले संकलन गरेको विवरणअनुसार काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुरलगायत क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्रान्डका होटलमा बढी आक्रमण भएको छ । होटल प्रतिष्ठानमा तोडफोड, आगजनी, लुटपाट भएको पाइएको छ । काठमाडौंस्थित होटल हिल्टनमा मात्रै ८ अर्बभन्दा बढीको क्षति भएको हानको अनुमान छ । देशभरि यस्तो क्षति २५ अर्ब पुग्ने अनुमान छ । काठमाडौंकै ह्यात होटलमा समेत आगजनी भएको छ । दाङस्थित होटल माला इनमा समेत प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए ।…

लाइसेन्स छपाइ बन्द

लाइसेन्स छपाइ बन्द यातायात व्यवस्था विभागले आफ्नाे संरचनामा तोडफोड, आगजानी तथा चोरी/लुटपाटबाट इलेक्ट्रोनिकउपकरण, छपाइ मेशिन तथा सर्भरमा क्षति पुगेकाे भन्दै लाइसेन्स छपाइ र वितरणको काम अनिश्चितकालका लागि बन्द गरेकाे छ । विभागले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र छपाए तथा वितरण लगायतको सूचना प्रविधिसम्बन्धी सबै प्रणाली बन्द हुने जानकारी गराएको हाे । ‘सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्तासम्बन्धी सेवा अवरुद्ध हुन पुगेको विषम परिस्थितिमा अर्को सूचना नभएसम्मको लागि सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण लगायतका सुचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहने बेहोरा जानकारीका लागि अनुरोध छ,’ विभागको सूचनामा भनिएको छ ।

भाेलिबाट सुपथ मूल्य पसल सञ्चालन गरिने

भाेलिबाट सुपथ मूल्य पसल सञ्चालन गरिने सरकारी सहुलियत (सुपथ मूल्य) पसल सोमबारदेखि देशभरि सञ्चालनमा आउने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ ८ मा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको थियो । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका कारण देशभरि ७२ जनाको मृत्यु र सरकारीसँगै निजी उद्यम–व्यवसायमा तोडफोड, लुटपाट र आगजनी भएपछि सरकारले सञ्चालन गर्न लागेको सहुलियत पसल सञ्चालनमा नआउने हो कि भनेर उपभोक्तामा अन्योल छाएको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले संयुक्त रूपमा सहुलियत दरमा दैनिक उपभोग्य वस्तु…

गभर्नरले गरे व्यवसायीसँग छलफल

गभर्नरले गरे व्यवसायीसँग छलफल नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बैंकर, निजी क्षेत्रका व्यवसायी र उद्योगीहरूसँग छलफल गरेका छन् । गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थासम्बद्ध एसोसिएसनका प्रतिनिधि र उद्योगी व्यवसायीका प्रतिनिधिहरूसँग पछिल्लो घटनाक्रमका कारण परेको असरबारे छुट्टाछुट्टै छलफल गरेका हुन् । जेन जी आन्दोलनका कारण ठूलो क्षति व्यहोरेका उद्योगी तथा व्यवसायीहरूका लागि विशेष प्याकेज ल्याउन गभर्नरसँग माग राखेका छन् । गभर्नर पौडेलले बैंकरहरुसंग पनि छुट्टै छलफल गरेका छन् । पौडेर र बैंकहरुबीच आन्दोलनबाट क्षति व्यहोरेका व्यवसायीहरूका लागि कस्ता प्याकेज ल्याएर सहुलियत दिन सकिन्छ भन्नेबारे छलफल भएको थियो ।

सार्वजनिक यातायात सञ्चालन

सार्वजनिक यातायात सञ्चालन जेनजी प्रदर्शनपछि सिर्जित अवस्थाका कारण रोकिएका सार्वजनिक सवारीसाधन देशभर सञ्चालन हुन थालेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको अध्यक्षतामा आज सिंहदरबारमा बसेको सरोकार भएका निकायको बैठकले प्रदर्शनका कारण रोकिएका सार्वजनिक सवारीसाधनलाई देशव्यापी रूपमा सञ्चालन गर्ने निर्णय गरेकाे छ । बैठकमा प्रदर्शनका कारण एक सातादेखि काठमाडौंसहित विभिन्न स्थानमा रोकिएका सार्वजनिक सवारीसाधनलाई देशव्यापी रूपमा सञ्चालन गर्ने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । उनका अनुसार बैठकले ढुवानीका मालवाहक सवारीसाधनलाई सहजीकरण गर्ने निर्णय गरेको छ । दसैँ, तिहार छठ पर्व नजिकिएसँगै घर जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला…

कामना सेवा विकास बैंकद्वारा लाभांश घोषणा

कामना सेवा विकास बैंकद्वारा लाभांश घोषणा कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बैठकले १५.७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँको १५.७९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ५.७९ प्रतिशत नगद रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि बैंकको साधारण सभाबाट पारित गरेपश्चात् शेयरधनीहरुलाई पाउनेछन् । बैंकले अघिल्लो आवमा १२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

नेप्सेमा उच्च अङ्ककाे गिरावट

नेप्सेमा उच्च अङ्ककाे गिरावट नेपाल स्टक एक्सचेञ्ज परिसूचक १५ दशमलव ६४ अङ्कले घटेर दुई हजार ७२६ दशमलव ३३ को विन्दुमा कायम भएको छ । आज ३२६ कम्पनीको एक करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर ६८ हजार ५९४ पटक खरिदबिक्री हुँदा कारोबार रकम चार अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६० मा खुम्चिएको हो । आजको कारोबारमा म्युचुअल फण्ड शून्य दशमलव २२ र व्यापार समूह शून्य दशमलव शून्य सात प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ५५, विकास बैंक शून्य दशमलव ८५, वित्त शून्य दशमलव ७६, होटल तथा पर्यटन शून्य दशमलव…

दर्ता नभएका सामाजिक सञ्जाल बन्द !

दर्ता नभएका सामाजिक सञ्जाल बन्द ! सञ्चार मन्त्रालयले सूचीकरणका लागि नआएका सामाजिक सञ्जाल निष्क्रिय गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा मन्त्रालयमा सम्पन्न बैठकले निर्णय गरेलगत्तै मन्त्रालयले सूचना जारी गरेको छ । समय सीमाभित्र सूचीकरणका लागि मन्त्रालयमा सम्पर्क गर्न नआएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन निर्देशन दिएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

हिमाल आरोहणमा नयाँ शुल्क कार्यान्वयन

हिमाल आरोहणमा नयाँ शुल्क कार्यान्वयन हिमाल आरोहणमा नयाँ शुल्क कार्यान्वयनमा आएको छ । सरकारले २०८१ माघमा जारी गरेको पर्वतारोहण नियमावली अनुसार सेप्टेम्बर महिनादेखि नयाँ शुल्क कार्यान्वयन गरिएको हो । अब सगरमाथा चढ्न विदेशीले १५ हजार डलरसम्म तथा नेपालीले १ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्नु पर्नेछ । यो शुल्क सिजन तथा धार अनुसार निर्धारण गरिएको छ । सबैभन्दा सजिलो मानिने दक्षिण पूर्वी धारबाट सबैभन्दा उपयुक्त मानिने वसन्त ऋतुमा सगरमाथा आरोहण गर्दा सो शुल्क निर्धारण गरिएको हो । सोही धारबाट शरद ऋतुमा ७ हजार ५०० डलर तथा अन्य सिजनमा ३ हजार ७५० डलर तोकिएको छ । नेपालीका हकमा शरद ऋतुमा ७५…