सुन ताेलामा २१ सय घट्याे, २ लाख ४४ हजारमा काराेबार

सुन ताेलामा २१ सय घट्याे, २ लाख ४४ हजारमा काराेबार सुनको भाउ बुधबार तोलामा २१ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ४६ हजार ४ सय रुपैयाँ तोकेको थियो । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च तोलाको २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ । सुनको भाउ घटे पनि चाँदी बढेको छ । चाँदी प्रतितोला ५ रुपैयाँ बढेको महासंघले जनाएको छ । अघिल्लो दिन तोलाको ३१७० रुपैयाँमा कारोबार भएको चाँदी आज ३१७५ रुपैयाँ कायम भएको…

काठमाडाैं महानगरभित्र फाेहाेर, प्लास्टिक र प्लास्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध

काठमाडाैं महानगरभित्र फाेहाेर, प्लास्टिक र प्लास्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध काठमाडौं महानगरपालिका अन्तर्गतको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा फाेहाेर, प्लास्टिक र प्लास्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध लगाएको छ । जाडो महिनामा काठमाडौं उपत्यकाको वायु प्रदूषणको स्तर अत्यधिक रूपमा बढ्ने गरेको छ । वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, दमखोकी जस्ता श्वासप्रश्वासका बिरामी, मुटुमा समस्या भएका तथा दीर्घरोगको सामना गरिरहेका व्यक्तिलाई बढी असर गर्छ । ती व्यक्तिसँगै सहरवासी सबैको स्वास्थ्य र वातावरण जोगाउन खुला रूपमा त्यस्ता वस्तु नबालेर धुँवा उत्सर्जन घटाउनुपर्नेमा महानगरको जोड छ । महानगरपालिकाले जारी गरेको प्रतिबन्ध सम्बन्धी अनुरोध कसैले अटेर गरे काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ तथा…

डेडिकेटेड लाइन’ विवादमा सहमति कार्यान्वयन गर्न मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन

डेडिकेटेड लाइन’ विवादमा सहमति कार्यान्वयन गर्न मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन ‘डेडिकेटेड लाइन’ विवादमा नेपाल उद्योग, वाणिज्य महासंघ र सरकारबीच भएको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्र लेख्दै प्रधानमन्त्री कार्यालयले सहमति कार्यान्वयन गर्न भनेको हो । कात्तिक १७ मा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र मुख्यसचिव सहित बैठकले महासंघसँग मौखिक सहमति गरेको थियो । छलफलले भुक्तानी महसुल सरलीकरण गर्ने तथा पुनरावलोकन सुन्ने व्यवस्था मिलाउने सहमति गरेको समेत कार्यालयको भनाइ छ । बैठकमा उद्योगीहरूले नेपाल विद्युत् प्राधिकरणले यसअघि रकम बुझाउने गरी दिएको २८ किस्ताको एक किस्ता…

धावनमार्गको बत्ती बिग्रिएपछि त्रिभुवन विमानस्थल बन्द, उडान धमाधम डाइभर्ट

धावनमार्गको बत्ती बिग्रिएपछि त्रिभुवन विमानस्थल बन्द, उडान धमाधम डाइभर्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण बन्द भएको छ। विमानस्थलको 'एयरफिल्ड लाइटिङ सिस्टम'मा प्राविधिक समस्या आएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ उडान र अवतरण बन्द गरिएको हाे । 'एयरफिल्डको लाइटिङ रात्रिकालीन उडान, अवतरणका लागि अत्यावश्यक हुन्छ। त्यसमा समस्या आएको थियो। नबनिसकेकाले उडान र अवतरण भएको छैन,' विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले भने । उनका अनुसार विमानस्थलमा साँझ साढे ५ बजेदेखि उडान अवतरण रोकिएको छ। त्यसयता प्राविधिक टोलीले समस्या समाधानको प्रयास गरिरहेको छ । 'प्राविधिक टोली निरन्तर रूपमा काम गरिराख्नुभएको छ। सेवा सुरू हुन कति समय लाग्छ भन्ने यकिन छैन। समस्या समाधान भएपछि उडान/अवतरण…

निजी क्षेत्रकाे मनाेबल बढाउन सरकारले विशेष पहल लिनुपर्छ : अध्यक्ष ढकाल

निजी क्षेत्रकाे मनाेबल बढाउन सरकारले विशेष पहल लिनुपर्छ : अध्यक्ष ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको मनोबल बढाउनका लागि सरकारले विशेष पहल लिनुपर्नेमा जोड दिएका छन् । महासङ्घले शनिबार आयोजना गरेको ‘राष्ट्रिय बृहत् आर्थिक बहस २.०’ कार्यक्रममा मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले राज्यले निजी क्षेत्रको योगदान आत्मसात् गर्दै आमसर्वसाधारणलाई पनि बुझाउने गरी मन्त्रिपरिषद्बबाट सार्वजनिक महत्वको प्रस्ताव पारित गर्नु आवश्यक रहेको बताए। “दिगो शान्ति, स्थायित्व र समृद्धिका लागि सबैको प्रयास अहिलेको समयमा आवश्यक छ । यसका लागि सबै राजनीतिक दल, युवा पुस्तालगायत सरोकारवालासँगको संवाद र सहकार्यमा समयमै निर्वाचन हुने वातावरणको…

एमसीसी परियोजनामा संलग्न कम्पनीलाई एक वर्षको आयकर छुट

एमसीसी परियोजनामा संलग्न कम्पनीलाई एक वर्षको आयकर छुट नेपाल सरकारले एमसीसी कम्प्याक्ट अन्तर्गत एमसीए–नेपालमार्फत काम गर्ने निर्माण र सेवा प्रदायक कम्पनीहरूलाई चालू आर्थिक वर्ष २०८२/८३ का लागि आयकर छुट दिने निर्णय गरेको छ । एमसीसी परियोजनामा काम गर्ने कम्पनीलाई मन्त्रिपरिषद्ले आयकरमा दिएको छुट सम्बन्धमा अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको हाे । उक्त सूचनामा आर्थिक ऐन, २०८२ को दफा १८ को उपदफा (१) बमोजिम उक्त निर्णय गरिएको जानकारी गराएको छ । मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार जारी गरिएको उक्त सूचनामा भनिएको छ, ‘नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ साउन १८ गतेको निर्णयअनुसार सो परियोजनामा संलग्न कम्पनीलाई आयकर छुट दिइने भएकोले यो सूचना…

कृषि विकास बैंकको नाफामा ९६.९९ प्रतिशतको गिरावट

कृषि विकास बैंकको नाफामा ९६.९९ प्रतिशतको गिरावट कृषि विकास बैंकको नाफामा ९६.९९ प्रतिशतको गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ५७ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा खुद नाफा १९ करोड ९ लाख रुपैयाँ थियो । बैंकको वितरणयोग्य नाफा २ अर्ब ४८ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरे पनि प्रदान गर्न बाँकी छ । जसले गर्दा वितरणयोग्य नाफा उच्च देखिएको हो । बैंकको खुद ब्याज आम्दानी बढेको छ । यस्तो आम्दानी पहिले १ अर्ब ५४ करोड रुपैयाँ रहेकोमा अहिले २ अर्ब ४२…

सिद्धार्थ बैंकको नाफा १५ प्रतिशत घट्याे

सिद्धार्थ बैंकको नाफा १५ प्रतिशत घट्याे सिद्धार्थ बैंकको खुद नाफा १५ प्रतिशत घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा ३२ करोड ४० लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद नाफा ३८ करोड २० लाख रुपैयाँ थियो । बैंकको लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) बढ्दा नाफामा असर परेको छ । लोन लस प्रोभिजन रकम पहिले १ अर्ब रुपैयाँ रहेकोमा अहिले १ अर्ब ३८ करोड छ । खुद ब्याज आम्दानी भने बढेको छ । यस्तो आम्दानी पहिले २ अर्ब ८ करोड रुपैयाँ रहेकोमा अहिले २ अर्ब १६ करोड…

माउन्टेन इनर्जीकाे २१.०५ प्रतिशत लाभांश घाेषणा

माउन्टेन इनर्जीकाे २१.०५ प्रतिशत लाभांश घाेषणा माउन्टेन इनर्जीले सेयरधनीका लागि २१.०५२६ प्रतिशत लाभांश घोषणा गरेको छ । बिहीबार साँझ बसेको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको १.०५२६ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । नगद लाभांश कर प्रयोजनका लागि मात्रै हुनेछ । साथै कम्पनीले मंसिर २९ गते साधारणसभा प्रस्ताव गर्ने भएको छ । सोका लागि मंसिर १७ गते बुक क्लोजको मिति तोकिएको छ । विद्युत् नियमन आयोगको स्वीकृति तथा आगामी साधारणसभाबाट लाभांश पारित भएपछि सेयरधनीले पाउने छन् । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६२२ रुपैयाँ छ ।

देशभरका करदाता सेवा कार्यालय खारेज

देशभरका करदाता सेवा कार्यालय खारेज अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले हालै करदाता सेवा कार्यालयहरू खारेज भएको विषयमा स्पष्टीकरण दिएको छ । विभिन्न जिल्लामा रहेका ती कार्यालय खारेज गर्ने निर्णय गरेसँगै भएको टिका टिप्पणीबारे विभागले प्रस्टोक्ति दिएको हो । विभागले जारी गरेको सूचनामा करदाता सेवा कार्यालयबाट हुँदै आएका स्थायी लेखा नम्बर प्रमाणपत्र जारी गर्ने लगायतका सेवा सम्बन्धित स्थानीय तहबाट प्रदान गर्ने व्यवस्था मिलाइएको जनाएको छ। स्थानीय तहबाट ती सेवाहरू पूर्ण रूपमा सुचारु हुन केही समय लाग्न सक्ने अवस्थालाई ध्यानमा राख्दै विभागले वैकल्पिक व्यवस्था पनि गरेको जनाएको छ । ती सेवाहरू स्थानीय तहबाट सञ्चालन नहुँदासम्म सम्बन्धित जिल्लास्थित कोष तथा लेखा नियन्त्रक…