माउन्टेन इनर्जीकाे २१.०५ प्रतिशत लाभांश घाेषणा

माउन्टेन इनर्जीले सेयरधनीका लागि २१.०५२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।
बिहीबार साँझ बसेको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको १.०५२६ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । नगद लाभांश कर प्रयोजनका लागि मात्रै हुनेछ ।
साथै कम्पनीले मंसिर २९ गते साधारणसभा प्रस्ताव गर्ने भएको छ । सोका लागि मंसिर १७ गते बुक क्लोजको मिति तोकिएको छ ।
विद्युत् नियमन आयोगको स्वीकृति तथा आगामी साधारणसभाबाट लाभांश पारित भएपछि सेयरधनीले पाउने छन् ।
हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६२२ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
+1
+1
+1
+1
+1
+1