सुन ताेलामा २१ सय घट्याे, २ लाख ४४ हजारमा काराेबार

सुनको भाउ बुधबार तोलामा २१ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँ तय गरेको छ ।

अघिल्लो दिन २ लाख ४६ हजार ४ सय रुपैयाँ तोकेको थियो । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च तोलाको २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

सुनको भाउ घटे पनि चाँदी बढेको छ । चाँदी प्रतितोला ५ रुपैयाँ बढेको महासंघले जनाएको छ ।

अघिल्लो दिन तोलाको ३१७० रुपैयाँमा कारोबार भएको चाँदी आज ३१७५ रुपैयाँ कायम भएको छ । यसअघि असोज ३१ गते चाँदीको भाउ हालसम्मकै उच्च तोलाको ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

सुन ताेलामा २१ सय घट्याे, २ लाख ४४ हजारमा काराेबार