प्रहरी धरपकडले बैंकिङ क्षेत्र त्रसित
प्रहरी धरपकडले बैंकिङ क्षेत्र त्रसित वाणिज्य बैंकका कार्यकारी अधिकृत (सीइओ) हरुले सीआइबीले राष्ट्र बैंकसँग समन्वय नै नगरी बैंकरहरुलाई धरपकड गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । धितोको मूल्याङ्कनभन्दा करिब दोब्बर बढी कर्जा देउराली सहकारीका सञ्चालकहरुलाई प्रवाह गरेको आरोपमा तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृतद्वय तुल्सीराम गौतम र मनोज न्यौपानेसहित १० बैंकरलाई सीआइबीले मंगलबार बैंकिङ कसूरमा पक्राउ गरेपछि बैंक तथा वित्तीय संस्थाहरुमा आतङ्क छाएको छ । सीआइबीको हस्तक्षेप र धरपकडविरुद्ध विभिन्न बैंकका कर्मचारीहरुले आन्दाेलन गर्ने तयारी गरेपछि सीइओहरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसन (एनबीए) बुधबार थापाथलीस्थित कार्यालयमा आकस्मिक बैठक डाकेको थियो । जसमा २० वटै वाणिज्य बैंकका सीइओ र तिनका प्रतिनिधि…