अपर तामाकाेशीका सेयर आवेदककाे रकम फिर्ता बुधबारबाट

अपर तामाकोशीको लिलामी सेयर खरिदका लागि भन्दै रकम भुक्तानी गरेकाहरुले अझै रकम फिर्ता पाएका छैनन् । हालसम्म रकम नपाएकालाई बुधबार (फागुन १६) देखि रकम फिर्ता गर्ने बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएकाे छ ।

अपर तामाकाेशीले हकप्रद निष्कासनमा नबिकेको सेयर पुस १३ देखि २९ गतेसम्म लिलामी बिक्रीका लागि आवेदन खोलेको थियो । लिलामी सेयर नपाउनेहरुलाई क्यापिटलले माघ २२ देखि रकम फिर्ता प्रक्रिया थालेको थियो । तर कतिपयको बैंक खाता नम्बर र विवरण नमिलेकाले रकम फिर्ता हुन नसकेको सनराइज क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

अपर तामाकाेशीका सेयर आवेदककाे रकम फिर्ता बुधबारबाट