वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल नगर्न यशोदा फुड्सलाई सर्वाेच्चकाे आदेश
वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल नगर्न यशोदा फुड्सलाई सर्वाेच्चकाे आदेश सर्वोच्च अदालतले यशोदा फुड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको छ । न्यायाधीश कुमार रेग्मी र अब्दुल आजिज मुसलमानको संयुक्त इजलासले उक्त आदेश दिएको हो । करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क नक्कल गरेपछि सीजी फुड्स अदालत पुगेको थियो । अदालतले यशोदा फुड्सलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको थियो । सो आदेश विरुद्द यशोदा फुड्स वाइवाइको जस्तै देखिने ट्रेडमार्क प्रयोग गर्न पाउनु पर्छ भन्ने भनाइसहित सर्वोच्च अदालत पुगेको थियो । सर्वोच्चले पनि उच्च अदालत पाटनको आदेशलाई सदर गर्दै करेन्ट चाउचाउलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको छ । यशोदा फुड्सद्वारा उत्पादीत…