वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल नगर्न यशोदा फुड्सलाई सर्वाेच्चकाे आदेश

सर्वोच्च अदालतले यशोदा फुड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको छ ।
न्यायाधीश कुमार रेग्मी र अब्दुल आजिज मुसलमानको संयुक्त इजलासले उक्त आदेश दिएको हो । करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क नक्कल गरेपछि सीजी फुड्स अदालत पुगेको थियो । अदालतले यशोदा फुड्सलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको थियो ।
सो आदेश विरुद्द यशोदा फुड्स वाइवाइको जस्तै देखिने ट्रेडमार्क प्रयोग गर्न पाउनु पर्छ भन्ने भनाइसहित सर्वोच्च अदालत पुगेको थियो । सर्वोच्चले पनि उच्च अदालत पाटनको आदेशलाई सदर गर्दै करेन्ट चाउचाउलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको छ ।
यशोदा फुड्सद्वारा उत्पादीत करेन्ट चाउचाउले विश्वभर ख्यातीप्राप्त लोकप्रिय वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरी वाइवाइ जस्तै देखिने खाेल प्रयोग गरी उपभोक्तालाई भ्रममा पार्ने काम गर्दै आएको छ ।
चार दशक लामो आफ्नो मिहनेत वाईवाईले नेपाल र अन्तर्राष्ट्रिय जगतमा समेत आर्जन गरेको छ । उपभोक्तालाई झुक्याउने नियतले यशोदा फुड्सले वाइवाइको ट्रेडमार्क नक्कल गरेको पाइयको छ । यशोदा फुड्सले वाइवाइको नक्कल गरि उक्त नक्कललाई आफ्नो ट्रेडमार्कका रुपमा दर्ता गर्न समेत प्रयास गरेको थियो । उच्च अदालतले यशोदा फुड्सको उक्त आवेदन नं. ०९८२२२ को दर्ता प्रकृयालाई समेत रोक्न उद्योग विभागलाई आदेश दिएको थियो ।
सो आदेशले वाइवाइको नक्कल गरि बजारमा पठाईएका करेन्ट चाउचाउ यशोदा फुड्सले फिर्ता गर्नुपर्ने छ । बजारमा पठाइएका चाउचाउ यथावत रुपमा विक्रिवितरण गरिएमा अदालतको मानहानी गरेकोमानीने छ किन भने आदेशले यस्तो कार्य नगर्न भनेको छ ।
अदालतको आदेशले कसैको वौद्विक सम्पत्ति चोरी गरी नचाहिने फाइदा उठाउन खोज्ने प्रवृत्तीलाई निरुत्साहित गरेको छ । करेन्टले वाइवाइको ख्यातीलाई भजाएर आफ्नो ब्यबसायिक स्वार्थमा प्रयोग गर्दै आएको छ । यस्तो कम्पनीबाट उत्पादित वस्तुको गुणस्तर माथि पनि गम्भिर प्रश्न उठाउनु पर्ने देखिन्छ ।