नाडाकाे विशेष साधारणसभा राेक्न निर्देशन

नाडाकाे विशेष साधारणसभा राेक्न निर्देशन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बोलाएको साधारण सभा रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको छ । सभा गर्न लागिएको कारणसहित आवश्यक कागजात लिएर ७ दिनभित्र कार्यालयमा उपस्थित हुन नाडालाई भनिएको छ । नाडाले बोलाएको विशेष साधारण सभा गैरकानूनी भएको भन्दै कार्यालयमा निवेदन परेको थियो । विधान संशोधनबारे पटक पटक छलफल भए पनि उक्त विवाद समाधान हुन सकेको छैन । यस्तो अवस्थामा साधारण सभा बोलाउनुको कारण लिएर कार्यालयमा आउन निर्देशन दिइएको हाे । नाडालाई लेखिएको पत्रका भनिएको छ, ‘गैरकानुनी तरिकाले बोलाउन लागिएको विशेष साधारण सभा रोकी पाउँ भनी यस कार्यालयमा भदौ १६ गते निवेदन दर्ता…

देशैभरि धमाधम इम्बाेस्ड नम्बर जडान

देशैभरि धमाधम इम्बाेस्ड नम्बर जडान सरकारले इम्बोस्ड नम्बर अनिवार्य गरेसँगै अहिले विभिन्न ९ वटा कार्यालयबाट यसको जडान भइरहेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । विभागका अनुसार बागमती प्रदेशका हकमा यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपुर, यातायात व्यवस्था सेवा कार्यालय हेटौंडा मकवानपुर र यातायात व्यवस्था कार्यालय गुर्जुधारा र सवारी परीक्षण कार्यालय टेकुमा इम्बोस्ड नम्बर जडान भइरहेको छ । गण्डकी प्रदेशमा यातायात व्यवस्था कार्यालय कास्की पोखरामा जडान सुरु भएको छ । लुम्बिनी प्रदेशमा यातायात व्यवस्था कार्यालय रुपन्देही बुटवल, दाङ तुल्सीपुर र नेपालगञ्ज बाँकेबाट समेत यसको जडान भइरहेको छ । कर्णाली प्रदेशमा यातायात व्यवस्था कार्यालय सुर्खेतबाट जडान थालिएको छ । विभागका अनुसार १…

भदौ २९ देखि सुकिला नाेट साट्न पाइने

भदौ २९ देखि सुकिला नाेट साट्न पाइने दशैंलाई लक्षित गर्दै यही भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट सटहीको व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकले २०८२ सालको दशैंको लागि यस पटक पनि सुकिला नोट सटहीको व्यवस्था गरिएको जानकारी दिएको हो। बैंकहरूले गत वर्षदेखि नयाँ नोट सटही गरेका छैनन् । गत वर्षको दशैंमा पनि सुकिला नोट मात्रै सटही गरिएको थियो । दशैंका लागि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयमा सुकिला नोट सटही सुविधा उपलब्ध हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंक बाहेक बैंक तथा वित्तीय संस्थाका शाखा…

ग्रीन हाइड्रोजन प्लान्ट स्थापना गरिने

ग्रीन हाइड्रोजन प्लान्ट स्थापना गरिने नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल स्थापना हुने भएकाे छ । नेपाल सरकार, लगानी बोर्ड तथा दक्षिण कोरियाली कम्पनी जि– फिलोस कम्पनी लिमिटेडबिच ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयारी सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएसँगै नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल स्थापना हुने भएकाे हाे । समझदारीपत्रमा लगानी बोर्डको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा प्रस्तावक कम्पनी जि – फिलोस कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गा वु पार्कले बिहीबार समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी अनुसार प्रस्तावक कम्पनी जि – फिलोस कम्पनी लिमिटेडले लगानी बोर्डबाट सर्वेक्षण…

बजार घट्याे, काराेबार बढ्याे

बजार घट्याे, काराेबार बढ्याे अघिल्लो दिन २८१९ अंकमा बन्द भएको सेयर बजार बिहीबार घटेको छ । ३८.१० अंक घटेसँगै आज २७८१ मा बन्द भएको छ । सुरुवातमा केही उतारचढाव देखिँदै साढे १ बजेसम्म २८ सयमाथि नै रहेको बजार त्यसपछि थप घट्न पुग्यो । बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ७ अर्ब ६८ करोडको कारोबार भएकोमा ८ अर्ब ९ करोड रुपैयाँको भयो । २४ कम्पनीको मूल्य बढ्दा २२७ को घट्यो । आज अधिकांश सेक्टरका सूचक घटे । विकास बैंक सबैभन्दा धेरै २.३८ प्रतिशत घट्यो । बैंकिङ ०.८७, फाइनान्स १.९७, होटल तथा पर्यटन १.६०, हाइड्रोपावर १.४४, लगानी १.५८,…

बन्दीपुर केवलकारकाे आईपीओ सर्वसाधारणका लागि खुल्यो

बन्दीपुर केवलकारकाे आईपीओ सर्वसाधारणका लागि खुल्यो बन्दीपुर केवलकार एन्ड टुरिजम लिमिटेडको साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला भएको छ । बुधबारदेखि आईपीओ निष्काशन गरिएको हो । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको थियो । उक्त आईपीओ बाँडफाँटपछि सर्वसाधारणका लागि निष्काशन गरिएको हो । कम्पनीले ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमा ५ लाख ६६ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याएको थियो भने ५ लाख २९ हजार ४०० कित्ता साधारण वैदेशिक रोजगारीमा रोजगारीमा रहेका…

नेप्से परिसूचकमा उच्च अङ्कको सुधार

नेप्से परिसूचकमा उच्च अङ्कको सुधार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक ५३ दशमलव शून्य एक अङ्कले बढेर दुई हजार ८१९ दशमलव १० को विन्दुमा कायम भएको हो । यो एक दशमलव ९१ प्रतिशतको सुधार हो । आज ३२१ कम्पनीको एक करोड ४९ लाख ८६ हजार १४२ कित्ता शेयर ७२ हजार ५२८ पटक खरिदबिक्री हुँदा सात अर्ब ६८ करोड ३३ लाख ८६ हजार ४४१ दशमलव ७० को कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । बैंकिङ एक दशमलव ३८, विकास बैंक तीन दशमलव ४०, वित्त एक दशमलव ९८,…

व्यक्तिगत प्यान कार्ड लिनेको संख्या ४९ लाख

व्यक्तिगत प्यान कार्ड लिनेको संख्या ४९ लाख व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको संख्या झण्डै ४९ लाख पुगेको छ । आन्तरिक राजस्व विभागका अनुसार आव २०८१/८२ को अन्तिमसम्म ४८ लाख ९२ हजार ८४० व्यक्तिगत स्थायी लेखा नम्बर दर्ता भएको छ । सरकारले पछिल्लो समय भुक्तानीमा प्यान नम्बर अनिवार्य गरेसँगै स्थायी लेखा नम्बर लिनेको संख्या बढ्न थालेको हो । विभागका अनुसार यो अवधिमा स्थायी लेखा नम्बर लिनको संख्या भने २० लाख १२ हजार ९०८ पुगेको छ । मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता करदाता ३ लाख ४५ हजार ७२७ पुगेका छन् । अन्त:शुल्कमा दर्ता करदाता १ लाख १९ हजार ४०२ पुगेका…

काठमाडौं महानगरविरुद्ध कवाड व्यवसायीकाे प्रदर्शन

काठमाडौं महानगरविरुद्ध कवाड व्यवसायीकाे प्रदर्शन कवाड व्यवसायी संघर्ष समितिले साेमबार काठमाडौं महानगरविरुद्ध प्रदर्शन गरेकाे छ । कवाड व्यवसायीले भृकुटीमण्डपदेखि कमलादीस्थित काठमाडौं प्लाजासम्म प्रदर्शन गरेका हुन् ।महानगरपालिकाले कवाड संकलन र भण्डारणमा रोक लगाएको विरोधमा कवाड संकलक र व्यवसायीहरूले प्रदर्शन गरेका हुन् । महानगरले आफ्नो क्षेत्रभित्र कवाड संकलन र भण्डारणमा प्रतिबन्ध लगाएको भन्दै पछिल्लो समय उनीहरू आन्दोलित छन् । आफूहरूको रोजीरोटी खोसेको भन्दै कवाड संकलक र व्यवसायीहरू मेयर बालेन साहसँग रिसाएका छन् ।

एलएस अटोको घोषणा : गाडी किन्दा चार देशको भ्रमण उपहार

एलएस अटोको घोषणा : गाडी किन्दा चार देशको भ्रमण उपहार एलएस अटोले नाडा अटो शो २०२५ मा विद्युतीय गाडी खरिदमा चार देशको भ्रमण प्याकेज नि:शुल्क उपलब्ध गराउने अफर सार्वजनिक गरेको छ। एलएस अटोले विशेष र फरक अफर सार्वजनिक गरेसँगै मेलाको माहोल तातेको छ । कम्पनीले आफ्नो ईभी खरिदमा चार देशको भ्रमण प्याकेज नि:शुल्क उपलब्ध गराउने घोषणा गरेपछि एलएस अटोको स्टलमा गाडी अवलोकन गर्ने र जानकारी लिनेको भीड लागेको छ । यो अफरले नाडा अटो शोलाई थप रोमाञ्चक बनाएको छ भने सम्भावित ग्राहकहरूमाझ तीव्र उत्साह जगाएको छ । कम्पनीका महाप्रबन्धक नवीन फुयालका अनुसार यो अफर केवल एक बिक्री रणनीति मात्र नभई…