नाडाकाे विशेष साधारणसभा राेक्न निर्देशन

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बोलाएको साधारण सभा रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको छ ।

सभा गर्न लागिएको कारणसहित आवश्यक कागजात लिएर ७ दिनभित्र कार्यालयमा उपस्थित हुन नाडालाई भनिएको छ । नाडाले बोलाएको विशेष साधारण सभा गैरकानूनी भएको भन्दै कार्यालयमा निवेदन परेको थियो । विधान संशोधनबारे पटक पटक छलफल भए पनि उक्त विवाद समाधान हुन सकेको छैन । यस्तो अवस्थामा साधारण सभा बोलाउनुको कारण लिएर कार्यालयमा आउन निर्देशन दिइएको हाे ।

नाडालाई लेखिएको पत्रका भनिएको छ, ‘गैरकानुनी तरिकाले बोलाउन लागिएको विशेष साधारण सभा रोकी पाउँ भनी यस कार्यालयमा भदौ १६ गते निवेदन दर्ता भएकोले विधान बमोजिम साधारण सभा नबोलाएर के कति कारणले विशेष साधारण सभा गर्न लागिएको हो ? जिल्ला प्रशासन कार्यालयमा पटक-पटक विधान संशोधनको विषयमा छलफल भए पनि हालसम्म विवाद समाधान नहुनुको कारण के हो ? विशेष साधारण सभा बोलाउनको लागि गरिएका निर्णयहरू सहित ७ दिन भित्र जिल्ला प्रशासनमा उपस्थित हुन र साधारण सभा स्थगित गर्नुहुन अनुरोध छ ।’

नाडाको २१ औँ केन्द्रीय कार्यसमितिको बैठकले नाडालाई विधानतः महासङ्घमा लैजाने निर्णय गरेको छ । उक्त निर्णयको प्रस्ताव पारित गर्न यही भदौ २४ गते विशेष साधारण सभा बोलाइएको थियो । प्रशासनको पत्रपछि डाँकिएको साधारण सभा अन्योल बनेको छ ।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीका अनुसार विशेष साधारण सभा भदौ २४ गते मङ्गलवार ललितपुरको झम्सिखेलस्थित ‘द प्लाजा’मा आयोजना हुने तयारी थियो । नाडा कार्यसमितिको निर्णयविरुद्ध आकाश गोल्छा पक्षले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । नाडाका अध्यक्ष करण चौधरीले आकाश गोल्छालाई वरिष्ठ उपाध्यक्षबाट कार्यसमिति सदस्यमा झारिदिएपछि नाडामा विवाद चुलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

नाडाकाे विशेष साधारणसभा राेक्न निर्देशन